सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक महोत्सवको प्रचार गर्दै पोखरेली चितवनमा


  •    न्युजभित्तो/१ पुष २०८२, मंगलवार १७:०२ 
  • चितवन, १ पुस । पोखराका व्यवसायी पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्दै चितवन आएका छन् । पर्यटन क्षेत्रको विकासका लागि पोखरामा यही पुस १३ गतेदेखि १७ गतेसम्म फेवा तालको किनारमा सडक महोत्सव  आयोजना हुँदै छ । सोही महोत्सवको प्रचारप्रसारका लागि पोखराका पर्यटन व्यवसायी चितवन आइपुगेका हुन् । महोत्सवको प्रवर्द्धन गर्न व्यवसायीको टोली इटहरी, विराटनगर, जनकपुर हुँदै चितवन आइपुगेको हो ।

    २७औँ पोखरा सडक महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग गर्ने कार्यक्रमका संयोजक बसन्त गौतमले जानकारी दिनुभयो । पोखरा महानगरपालिका र रेवान पोखराको संयुक्त आयोजनामा गर्न लागिएको महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई समेत टेवा पु¥याउने उहाँको विश्वास छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विदेशी पर्यटक नेपालमानै बसेर रमाउन सक्ने वातावरण बनाउनका लागि महोत्सव फलदायी हुने अपेक्षा आयोजकले लिएको उहाँले बताउनुभयो ।

    महोत्सवमा स्वादको उत्सव, संस्कृतिक कार्यक्रम, साहसिक तथा खेलकुदका गतिविधि, शैक्षिक तथा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । पोखरामा रहेका होटलमा ४० हजार वेड रहेको र पाउनलाई व्यवस्थापन गर्न सक्नेगरी व्यवस्था मिलाइएको आयोजकको भनाइ छ । पाँच लाख पर्यटक भित्र्याउने गरी योजना बनाएर महोत्सवको प्रचारप्रसार गरीएको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलन पछि सुस्ताएको पर्यटन व्यवसायलाई केही टेवा पुग्ने लक्ष्यका साथ लागेका छौँ ।”

    एउटा जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई अर्को जिल्लामा तान्न सकेमा दुबै जिल्लाको अर्थतन्त्र चलायमान हुने सो अवसरमा जानकारी दिइएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.