सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिलबिजक नभएको सामानसहित पक्राउ


  •    न्युजभित्तो/१ पुष २०८२, मंगलवार १४:३८ 
  • काठमाडौँ, १ पुस । बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र नभएको चिनियाँ किराना सामानसहित सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायव महानिरीक्षक मनिष थापाले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसेबाट एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

    सोही जिल्लाको बाह्रबिसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

    तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आइचर गाडीमा राखी ल्याउँदै गरेको सामानको बिजलबिजक तथा भन्सार प्रज्ञापनपत्रसमेत फेला नपरेपछि सो गाडीका चालक तामाङ्गलाई नियन्त्रणमा लिइएको  सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले आज जानकारी दिएको हो ।

    नियन्त्रणमा लिइएका सामान स्टेशनरी, खेलकुद तथा किरानालगायतका सामान रहेका छन् । बरामद सामानको अन्दाजी मूल्य सात लाख २२ हजार १० रूपैयाँ र गाडीको १५ लाख मूल्यसहित जम्मा मूल्य २२ लाख २२ हजार १० रूपैयाँ रहेको छ ।

    नियन्त्रणमा लिइएका तामाङ्गलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको पनि थापाले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.