सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनमोहन विश्वविद्यालयले प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने


  •    न्युजभित्तो/१ पुष २०८२, मंगलवार १४:३६ 
  • विराटनगर, १ पुस । मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल इञ्जिनियरिङमा प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    कोशी प्रदेश सरकारले स्थापना गरेको सो विश्वविद्यालयले एसइई उत्तीर्ण गरेर तीन वर्षे डिप्लोमा पूरा गरेका जुनियर सिभिल इञ्जिनियरका लागि स्वीस सरकारसँगको साझेदारीमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको हो । 

    नेपालमा सिभिल इञ्जिनियरिङ क्षेत्रमा पहिलो पटक राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप तह–६ अनुरूपको प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्न सो विश्वविद्यालयले स्वीस सरकारसँग  औपचारिक सम्झौता गरिसकेको छ ।  

    विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ सङ्कायका डीन डा रेखा श्रेष्ठ र स्वीस कन्ट्याक्टका देशीय निर्देशक सञ्जय कार्कीबीच विटेक कार्यक्रम सञ्चालन गर्न औपचारिक सम्झौता भएको छ । यो सम्झौतासँगै  पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गर्ने तयारी रहेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिनुभयो । उपकुलपति पोखरेलका अनुसार नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणाली सुदृढ गर्ने उद्देश्यसहित विश्वविद्यालय र स्वीस कन्ट्याक्टबीच नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना अन्तर्गत साझेदारी गरिएको हो । 

    स्वीस कन्ट्याक्टसँग भएको सम्झौता अनुसार एमटियूले तीन वर्षे डिप्लोमा उत्तीर्ण गरेका जुनियर इञ्जिनियरका लागि दक्षतामा आधारित पाठ्यक्रम विकास गर्नेछ । जसमा कार्य–आधारित सिकाइ, उद्योगसँग सम्बन्धित मोड्युल, पेसागत तथा उद्योग परिषद्हरूसँगको परामर्श, र नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रको आवश्यकता अनुरूपका दक्षताका मापदण्डहरु पाठ्यक्रममा  समेटिनेछन् । विश्वविद्यालयकी  डीन डा श्रेष्ठले देशका युवालाई आवश्यक उच्चस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न सो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो  । 

    स्वीस कन्ट््याक्टका देशीय निर्देशक कार्कीले यस प्राविधिक विश्वविद्यालयसँगको सहकार्य नेपालको सीप विकास क्षेत्रमा कोसेढुङ्गा सावित हुने बताउनुभयो । हाल नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीभिटी)मार्फत प्रि–डिप्लोमा र डिप्लोमा तहका कार्यक्रम सञ्चालन हँुदै आएका छन् । तर एसइईपछि तीन वर्षे डिप्लोमा गरेका जुनियर इञ्जिनियरहरु त्यसभन्दा माथिल्लो तह अध्ययनका लागि स्पष्ट व्यवस्था नहुँदा अलमलमा पर्दै आएका थिए । त्यसैले मनमोहन प्राविधिक विश्वविद्यालयले सञ्चालन गर्न लागेको विटेक कार्यक्रमले उनीहरुको  पेसागत उन्नतिमा थप मद्दत गर्ने जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.