सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई अनुदानमा गहुँको बीउ


  •    न्युजभित्तो/१ पुष २०८२, मंगलवार १२:१० 
  • महोत्तरी, १ पुस । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ ।
    मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन् । गहुँ छर्न भरपर्दो बीउ नपाएर हैरान हुनपर्ने किसानको बर्सेनिको पिरोलो बन्दै आएको छ । यस्तो बेला नगर कृषि शाखाले यहाँको माटो र हावापानीमा राम्रो फस्टाउने उन्नत जातको बीउ ५० प्रतिशत सहुलियतमा पाएपछि निकै राहत भएको मटिहानी–१ धिरापुरका किसान लालबाबु मण्डलले बताउनुभयो ।

    नगरपालिकाले कृषि उत्पादन बढाउने र आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएअनुरुप पछिल्ला पाँच वर्षयता किसानलाई मुख्यबाली लगाउने बेला बीउ, मल र कृषि उपकरण किसानलाई प्रदान गर्दै आएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

    “हामीले किसानलाई गहुँमात्र नभएर धान, तरकारी र मखान लगाउने बेलामा पनि बीउ, मलखाद र कृषि उपकरण सहुलियतमा दिँदै आएका छौँ, यसले किसानको उत्पादन र आयआर्जनमा सघाउ पुर्याएको छ”, नगरप्रमुख मण्डल भन्नुहुन्छ ।

    अहिले गहुँ बाली लगाउने ठिक समयका बेला वडावडामा किसानको माग सङ्कलन गरेर उन्नत जातको बीउ प्रबन्ध गरिएको नगर कृषि शाखाले जनाएको छ । “हामीले धमाधम बीउ दिइरहेका छौँ, यसपालि पाँच सय किसानलाई बीउ उपलब्ध गराउने लक्ष्य छ”, नगर कृषि शाखाका प्रमुख सन्ध्या साह भन्नुहुन्छ, “बीउ लिन दुई दिनदेखि नै किसानको लामो पङ्क्ति छ ।” बीउ वितरण पुसको पहिलो साताभरि जारी रहने नगर कृषि शाखाले जनाएको छ ।

    मधेसमा ठिक समयमा भरपर्दो बीउ नपाएर किसानले समयमा बाली लगाउन पाएका हुँदैनन् । किसानको यो अवस्था बुझेर मटिहानी नगरपालिका नेतृत्वले सबै बाली लगाउने बेला बीउको सहुलियतपूर्ण प्रबन्ध गरेपछि निकै राहत मिलेको मटिहानी–८ का किसान शान्तिदेवी बताउनुहुन्छ । अब मुख्य कुरा बीउ पाइएपछि जग्गा जोतखन र अन्य तयारी निकै सजिलो हुने उहाँको भनाइ छ ।

    खेतीपाती नै जीवनको मुख्य आधार रहेको मधेसका जिल्लाहरूमा स्थानीय सरकारले बीउ, मलखाद र कृषि ज्यावल तथा उपकरणमा सहयोग गर्नुपर्ने किसानको अपेक्षा हुन्छ । तर अधिकांश स्थानीय तह यसबारे बेखबर रहँदा किसानले सास्ती पाउँदै आएका छन् । बाली लगाउने बेला मटिहानीकै जस्तो समयमै भरपर्दो बीउ, मलखाद र कृषि ज्यावलको प्रबन्धमा सबै स्थानीय तहले पहलकदमी लिनुपर्ने जिल्लाका किसान बताउँछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.