सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यास परासर क्षेत्रको अध्ययनका निम्ति क्युआर तयार गरिँदै


  •    न्युजभित्तो/१ पुष २०८२, मंगलवार ११:५३ 
  • डुम्रे (तनहुँ), १ पुस । ऋषि परासर र सत्यवतिबाट श्रीकृष्णद्वैपायन अर्थात् २८औँ द्वापरयुगमा दमौलीको व्यास गुफामा उत्पत्ति भएको मानिन्छ । सनातन एवं हिन्दू धर्मावलम्बीको एकताको केन्द्र वेदव्यास जन्मभूमि व्यास परासर क्षेत्रको प्रवर्द्धन तथा प्रचारप्रसारमा सहज बनाउने उद्देश्यले क्युआर कोडमार्फत अध्ययन तथा जानकारी पाउने व्यवस्थापन गर्न लागिएको हो । 

    व्यास नगर प्रज्ञा–प्रतिष्ठानको नेतृत्वमा वेदव्यासको तपोभूमि दमौली (व्यास, परासर क्षेत्र) का बारेमा क्युआर कोडमार्फत अध्ययन गर्ने व्यवस्थापनमा जुटेको कुलपति एवं व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको नामकरण नै व्यास ऋषिबाट गरिएकाले यहाँको प्रवर्द्धन तथा विकासको दायित्व नगरपालिकालाई छ । वेदव्यासको तपोभूमि दमौलीको प्रचारप्रसारलाई सहज रूपमा जनतामाझ पु¥याउने लक्ष्य लिइएको हो ।”

    प्राज्ञिक सदस्य देवीबहादुर बस्नेतले नगरपालिकाकै नामलाई प्रचारप्रसारमा वेदव्यास भूमि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रथम चरणमा व्यास परासर क्षेत्रको अध्ययन गर्न मिल्ने गरी क्युआर कोड तयार गरिन्छ । त्यसपछि नगरपालिकाका पर्यटकीय, साहित्यिक, पुरातात्विक, ऐतिहासिक, कला, संस्कृति अध्ययन गर्न मिल्नेगरी क्युआर कोडमा समेटिने छ ।”

    प्राज्ञिक सदस्य हरिसिं गुरुङले आधुनिक प्रविधिको युगमा प्रज्ञा–प्रतिष्ठानले आधुनिक प्रविधिमार्फत प्रत्येक व्यक्तिसमक्ष व्यास परासर क्षेत्रको जानकारी तथा प्रवर्द्धन गर्न लागेको बताउनुभयो । 

    क्युआर कोड तयारीका निम्ति नापनक्सा, ती क्षेत्रको वास्तविक अध्ययन तथा जानकारीका बारेमा तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “क्युआर कोड तयार एकैछिनमा हुने होइन । अध्ययन, अनुसन्धान तथा सम्पूर्ण पक्ष समावेश गर्नेगरी तयारीमा जुटिरहेका छौँ । नगरपालिकाभित्रका कोटहरूको अध्ययन पनि व्यास परासर क्षेत्रसँगै जोडेर क्युआर कोड तयार पार्ने योजना छ”, गुरुङले भन्नुभयो ।

    भाषा, संस्कृति, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धनलाई केन्द्रमा राख्दै आगामी कार्ययोजना तय गरेको उपकुलपति काशीनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय भाषा र लिपिको दस्तावेजीकरण, शब्दकोश तथा पाठ्यसामग्री निर्माण, मौखिक इतिहास सङ्कलन, सांस्कृतिक परम्परा र लोकज्ञान संरक्षण, लोकसाहित्य सङ्कलन–प्रकाशन, साहित्यिक गोष्ठी तथा कला प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना प्राथमिकतामा राखेको छ । 

    स्थानीय विषयमा अनुसन्धान, पत्रिका तथा पुस्तक प्रकाशन, सेमिनार–गोष्ठी आयोजना र युवा–विद्यार्थी लक्षित कार्यक्रममार्फत समुदायको सहभागिता बढाउने निर्णयसहित कार्यान्वयनको चरणमा छ । यसै वर्षदेखि सञ्चालन गरिने कार्यक्रमको योजना तर्जुमा गर्दै प्रतिष्ठानले व्यास नगरको सांस्कृतिक विरासतको संरक्षण, विकास र प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता प्रतिष्ठानले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.