सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’


  •    न्युजभित्तो/१ पुष २०८२, मंगलवार ११:४९ 
  • फिक्कल (इलाम), १ पुस । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो ।

    सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका र रणशार्दुल गणले संयुक्त रूपमा पदयात्राको तयारी गरेका सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । गत वर्षदेखि सुरु गरिएको पदयात्रा यसपटक पनि निरन्तरता दिन लागिएको उहाँको भनाइ छ ।

    “करिब २०० वर्षअघिको युद्ध इतिहास खोजी गर्दै निर्माण गरिएको निसान पदमार्गमा गत वर्षदेखि पदयात्रा सुरु गरेका थियौँ”, नगरप्रमुख राईले भन्नुभयो, “सरोकार भएका निकायबाट सकरात्मक प्रतिक्रिया आएको थियो । यसपटक पनि त्यसलाई निरन्तरता दिन लागेका हौँ ।”

    इलाम नगरप्रमुख केदार थापाले पदयात्राले निसान पदमार्गको मात्र नभई, समग्र इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको बताउनुभयो । “पदयात्राले निसान पदमार्गको संरक्षणमा योगदान दिनका साथै समग्रमा इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउनेछ”, उहाँले भन्नुभयो ।

    पदयात्राका लागि तीनवटै पालिकाबाट आर्थिक सहकार्य हुने इलाम नगरप्रमुख केदार थापाले बताउनुभयो । कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ लाई जोडेर पदयात्रा कार्यक्रम आयोजना गरिने उहाँले उल्लेख गर्नुभयो । पदयात्रामा मेची पर्यटन कार्यालयको सहकार्य हुने उहाँले बताउनुभयो ।

    नेपाल–भारत सीमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने रणशार्दुल गणका प्रमुख प्रह्लाद घलेले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धीपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो । 

    चार दिनको पदयात्रा नेपाल–भारत सीमाक्षत्रेको मेची बजारबाट औपचारिक थालनी हुनेछ । पुस २६ गतेसम्म नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालको २०० जनाको टोलीले पदयात्रा गर्ने घलेले जानकारी दिनुभयो । 

    पदमार्गअन्तर्गत पर्ने सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जाजातिको झाँकीसहित स्वागतका कार्यक्रम तय गरिएको घलेले बताउनुभयो । पदयात्राका लागि तीनवटै पालिकाको विभिन्न ठाउँमा हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम साथै कार्यपत्रमाथि छलफललगायत कार्यक्रम हुनेछन् ।

    रणशार्दुल गणको पहलमा २०८१ देखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो । त्यसका लागि सूर्योदय नगरपालिका, माईजोमगाई गाउँपालिका र इलाम नगरपालिकाले सहयोग गरेको थियो । 

    नेपाल–अङ्ग्रेज युद्धपछि विसं १८७२ फागुन २० गते भएको सुगौली सन्धिपश्चात् तत्कालीन नेपाले सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा तीन पालिकाले पहिचान गरी कार्यन्वयनमा ल्याएको हो ।

    यसअघि भारतको नागरीगडीबाट नेपाल–भारत सीमाक्षेत्र सात माईल मेची मुहान, सिद्धीखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तिटार, माइबेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको जिआइएस नक्सा तयारी गरी सार्वजनिक गरिएको थियो । 

    सुगौली सन्धीपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथसिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीबाट नागरीगढी हुँदै टिस्टासम्मको भूभाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका थिए । 

    पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्नसक्ने भएकाले मुकाम खडा गर्नेक्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका–७ स्थित माइस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ । हाल निसान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.