विकास र समृद्धिका लागि जनताको तागत आवश्यक छः पूर्वउपराष्ट्रपति पुन
न्युजभित्तो/१ पुष २०८२, मंगलवार ११:२७
गोरखा, १ पुस । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेतासमेत रहनुभएका उहाँले सोमबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित पाटीको पालिकास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै देशको आमूल परिवर्तनका लागि जनताले दुई तिहाइ बहुमत दिएर राजनीतिक दललाई पठाउनुपर्ने बताउनुभयो ।
“दुई तिहाइ बहुमत नभएसम्म संविधान संशोधन गरेर अघि बढ्न सकिँदैन”, पूर्वउपराष्ट्रपति पुनले भन्नुभयो, “जब जनताले दुई तिहाइ मत दिएर पठाउँछ, तब जेनजीले उठाएका माग पूरा गर्न सम्भव हुन्छ ।” उहाँले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अपरिहार्य रहेकामा पूर्वउपराष्ट्रपति पुनले जोड दिनुभयो । “नेपालमा केही हुँदैन, युवाको भविष्य छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ”, उहाँले भन्नुभयो, “त्यो अन्यन्त गलत र भ्रम हो ।”
अहिलेको प्रयासले मात्र नेपाललाई वैज्ञानिक समाजवादमा पु¥याउन नसिकने पूर्वउपराष्ट्रपति पुनले बताउनुभयो । वामपन्थी शक्तिलाई ध्रुवीकरण नगरी समाजवादमा पुग्न नसकिने भएकाले टुटफुटमा रहेका कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर अघि बढ्नुपर्ने उहाँको धारणा छ । पार्टीले कमजोर आर्थिक अवस्था भएका जनताको जीवनस्तर उकास्दै लगेर समाजवादको यात्रामा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जेनजी आन्दोलनले नेपालका राजनीतिक दललाई ठूलो धक्का दिएको पूर्वउपराष्ट्रपति पुनको भनाइ छ । उहाँले भन्नुभयो, “जेनजीले उठाएका मुद्दा कार्यान्वयनमा हामी सङ्र्घषरत छौँ ।”रासस