सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक क्वीन्टल ३० केजी गाँजासहित दुई जना पक्राउ


  •    न्युजभित्तो/३० मंसिर २०८२, सोमबार १४:११ 
  • धरान (सुनसरी), २९ मङ्सिर । सुनसरीको बराह क्षेत्रबाट गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलिले गए राति करिब १२ः४५ बजे बराह क्षेत्र नगरपालिका–३ नडाहा, धरान सडकखण्ड जङ्गल क्षेत्रमा धरानबाट नडाहातर्फ जाँदै गरेको बा १८ च ३८३४ नम्बरको कारबाट १३० केजी गाजाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो ।

    उक्त गाडी शंकास्पद देखिएपछि जाँच गर्दा कारको पछाडिको सिट र डिक्कीमा कालो प्लास्टिकमा प्याक गरी राखिएको गाँजा फेला परेको उहाँले बताउनुभयो । प्रहरीले कारसहित चालक इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय करण साह र विराटनगर उपमहानगरपालिका–५ का २१ वर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    बरामद गरिएको गाँजा, कार र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.