सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन डढेलोको जोखिम व्यवस्थापन गर्न राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण


  •    न्युजभित्तो/३० मंसिर २०८२, सोमबार १४:०९ 
  • काठमाडौँ, २९ मङ्सिर । सरकारले वन डढेलोको जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण थालेको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा उक्त कार्ययोजना निर्माणको काम अघि बढेको हो ।

    त्यसका लागि प्राधिकरणले एक कार्यदल नै गठन गरेको छ । कार्यदलले कार्ययोजनाको मस्यौदा निर्माण गरी सुझाव सङ्कलन गरिरहेको छ । वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८२ एवं कार्ययोजना, २०८२/८३–२०९१/९२ तर्जुमा गर्न गठित कार्यदलको आइतबारको बैठकले उक्त कार्ययोजना निर्माणमा विभिन्न निर्णयसमेत गरेको छ । 

    कार्यदलको बैठकले विभिन्न सरोकारवाला निकायबाट प्राप्त संस्थागत सुझावहरू सम्बन्धमा छलफल गर्दै ती सुझाव समेटेर केही दिनभित्रै रणनीतिलाई अन्तिम रूप दिने निर्णय गरेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । उक्त रणनीतिले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ को समीक्षा गर्दै वन डढेलोको जोखिम कम गर्ने र मूलतः जानाजान आगो लगाउने कार्यलाई उल्लेख्य रूपमा घटाउनका लागि विस्तृत कार्ययोजना तयार गरेको छ । 

    जानाजानी तथा लापरबाही तबरबाट वनमा आगो लगाउने कार्यले वन डढेलो दिनप्रति दिन जटिल समस्या बन्दै गएको छ । त्यसैले कार्ययोजना नै बनाएर त्यलाई न्यूनीकरण तथा व्यवस्थापनको काम गर्न लागिएको प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिनुभयो ।

    डढेलोका कारण हरेक वर्ष अर्बौंको भौतिक क्षतिका अतिरिक्त पर्यावरण तथा पारिस्थितिकी प्रणालीमा क्षति पुगिरहेको छ । रणनीति र कार्ययोजना तर्जुमाका लागि प्राधिकरणका प्राविधिक सहसचिवको संयोजकत्वमा १२ सदस्यीय समितिले काम गरिरहेको छ ।

    पछिल्लो समयमा डढेलो र आगलागीका घटनामा बढोत्तरी भइरहेको छ । पछिल्लो एक महिनामा मात्रै आगलागीमा नेपालमा विभिन्न जिल्लामा आठ जनाको मृत्यु भइसकेको छ । वन डढेलो लाग्दा ठूलाठूला बस्तीसमेत जोखिममा परेका विगतको उदाहरण रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.