सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डिल्लीबजार कन्या क्याम्पस सञ्चालक समितिको अध्यक्षमा डा शर्मा


  •    न्युजभित्तो/३० मंसिर २०८२, सोमबार १३:५२ 
  • काठमाडौँ, २९ मङ्सिर । नारी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा डा रुद्र शर्मा चयन हुनुभएको छ ।

    क्याम्पसको आज सम्पन्न साधारणसभाले डा शर्माको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको सदस्यहरुमा पूर्वमन्त्री विक्रमबहादुर थापा, पूर्वसांसद विशाल भट्टराई, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा आनन्द पन्थ, समाजसेवी शोभित उप्रेती, देवी लामा, भरत ढकाल, लोकेन्द्र शाहीलगायतलाई चयन गरिएको छ ।

    विसं २०३७ देखि सामुदायिक कन्या क्याम्पसका रूपमा सञ्चालित डिल्लीबजार क्याम्पसले ४५ वर्ष पूरा गरेको छ । साधारणसभाको उद्घाटन सत्रमा बोल्दै बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठले नारी शिक्षाको उन्नयनमा क्याम्पसको ठूलो योगदान रहेको बताउनुभयो । क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

    पूर्वमन्त्री विक्रमबहादुर थापाले क्याम्पसमा विद्यार्थी सङ्ख्या बढाउन क्याम्पसलाई थप सुदृढ र सक्षम बनाउन आवश्यक सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले करिब ६५ जिल्लाका ७०० छात्राहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो । सञ्चालक समितिका अध्यक्ष डा रुद्र शर्माले समयानुकूलका विषय थप्दै क्याम्पसलाई गुणस्तरिय शैक्षिक केन्द्र बनाउनुपर्ने तथा त्यसको लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.