सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बृहत्त स्वास्थ्य शिविर: सेवा लिने पुरुषको सङ्ख्या न्यून


  •    न्युजभित्तो/३० मंसिर २०८२, सोमबार ११:५६ 
  • अत्तरिया (कैलाली), २९ मङ्सिर । कैलालीमा परिवार व्यवस्थापन सेवा अन्तर्गत सञ्चालित बृहत्त स्वास्थ्य शिविरमा दुई सय ११ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका छन् । सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको थियो ।

    जिल्लाका विभिन्न १० स्थानमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको रहर पूरा भएका एक सय ९३ महिला र १८ जना पुरुषले स्थायी बन्ध्याकरण सेवा लिएका स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँले जानकारी दिनुभयो ।

    परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । शिविरमा स्थायी बन्ध्याकरण सेवा लिने महिलाको तुलनामा पुरुषको सङ्ख्या भने न्यून रहेको उहाँले बताउनुभयो ।

    कार्यालयले यही मङ्सिर ८ देखि २६ गतेसम्म जिल्लाका विभिन्न १० स्थानमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको उहाँको भनाइ छ । स्थायी बन्ध्याकरणपछि पुरुषलाई काम गर्न अप्ठ्यारो हुन्छ भन्ने भ्रमलगायत कारणले स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम हुने गरेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरले बताउनुभयो ।

    “पुरुषले काम गर्न घरबाहिर जानुपर्छ, स्थायी बन्ध्याकरणपछि काम गर्न असहज हुन्छ भन्ने जनमानसमा भ्रम छ”, उहाँले भन्नुभयो, “स्थायी बन्ध्याकरणका लागि महिलालाई भन्दा पुरुषलाई सजिलो हुन्छ । हामीले परामर्श पनि गर्ने गरेका छौँ । तर पनि स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या कम देखिन्छ ।”

    गत आव २०८१र८२ मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा दुई सय ४२ जनाले सेवा लिएको जनाइएको छ । यसमध्ये महिला दुई सय २० र पुरुष २२ जना रहेको थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवार व्यवस्थापन सेवा अन्तर्गत विशेष गरेर बृहत्त स्वास्थ्य शिविर सञ्चालनमा सेवा प्रदायकसस्थाहरुसंग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति लिएको छ । यसबाट परिवार व्यवस्थापन सेवा थप प्रभावकारी भएको जनाइएको छ । मन्त्रालयले परिवार व्यवस्थापनको घरदैलो सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

    जिल्ला जनस्वास्थ्य रस्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्र मार्फत् आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै बन्ध्याकरण शिविर आयोजना गर्ने समझदारीको ढाँचामा सेवा प्रदान गर्न थालिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.