सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणहुँदा सेवाग्राहीलाई सहज


  •    न्युजभित्तो/३० मंसिर २०८२, सोमबार ११:३३ 
  • दमौली (तनहुँ), २९ मङ्सिर । यहाँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार ३४० राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले यस अवधिमा १० हजार ५३६ राष्ट्रिय परिचयपत्र १० पालिकामा पठाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । अघिल्लो आव २०८१÷८२ मा ६४ हजार ६८१ राष्ट्रिय परिचयपत्र पठाइएकामा १३ हजार ५५० वितरण भएका थिए ।

    चालु आवको तीन महिनामा व्यास नगरपालिकाबाट एक हजार २६५, भानु नगरपालिकाबाट एक हजार ८५१ मध्ये एक हजार ७२३, भिमाद नगरपालिकाबाट तीन सय २५ मध्ये २८, शुक्लागण्डकी नगरपालिकाबाट पाँच हजार २०० मध्ये तीन सय ४८, ऋषिङ गाउँपालिकाबाट एक हजार ६६६ मध्ये एक सय ५१, म्याग्दे गाउँपालिकाबाट दुई सय ६६, बन्दीपुर गाउँपालिकाबाट छ सय ७९, घिरिङ गाउँपालिकाबाट एक सय ९७, आँबुखैरेनी गाउँपालिकाबाट एक सय ७६, देवघाट गाउँपालिकाबाट पाँच सय सात परिचयपत्र वितरण गरिएको छ ।

    तीन महिनामा प्रशासन कार्यालयमा दुई हजार ६५९ महिला र दुई हजार ७२९ पुरुष गरी पाँच हजार ३८८ जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । सम्बन्धित स्थानीय तहबाट वितरण गर्दा सहज हुने भएकाले पालिकामा पठाएर राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रजिअ अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “प्रशासन कार्यालयमा परिचयपत्र आउने तर सर्वसाधारण लिन नआउँदा थन्किएर बस्ने समस्या भयो । सोहीबमोजिम स्थानीय तहसँग समन्वय गरेर पालिकाबाटै वितरण थालेका हौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.