सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोजपुरमा आँखा शिविरमा करिव पाँच सयको उपचार, एक सय बढीको शल्यक्रिया


  •    न्युजभित्तो/३० मंसिर २०८२, सोमबार ११:२८ 
  • टक्सार (भोजपुर), २९ मङ्सिर । विगत लामो समयदेखि आँखामा समस्या भएर राम्ररी देख्न नसक्ने वृद्धवृद्धाहरूले आँखा स्पष्ट देख्न थालेपछि शल्यक्रियामा खटिने चिकित्सकलाई आशीर्वाद दिएका छन् । 

    पहाडी जिल्ला भोजपुरमा नेपाल नेत्रज्योती सङ्घद्वारा हालै आयोजित   तीनदिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु तथा समस्या हुने नागरिकको शल्यक्रिया मार्फत आँखाको ज्योती पुनः फर्किएपछि उनीहरु  रमाएका हुन् । 

    सेवा पाएका वृद्धवृद्धाले शल्यक्रियामा संलग्न विराटनगर आँखा अस्पतालमा कार्यरत डा रक्षा बस्नेतलाई आगामी दिनमा पनि यस्तै नागरिकलाई सेवा दिन आशीर्वाद दिनुभयो । शिविरमा डा बस्नेतलगायतका स्वास्थ्यकर्मीको टिमले एक सय १८ जनाको सफल शल्यक्रिया गर्यो । आँखाको शल्यक्रियापछि सेवाग्राहीले खुसी हँुदै भन्नुभयो, “अब आँखा प्रष्ट देख्न पायौँ, हामीलाई खुसी लागेको छ ।”

    भोजपुर नगरपालिका–१२ टक्सारको पुरानो डबलीमा सञ्चालन भएको  निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा चार सय ९४ जनाको आँखा परीक्षण गरियो । आर्थिक अवस्था र घरायसी समस्याका कारण अन्यत्र उपचारका लागि जान नसक्ने जिल्लाका नागरिकलाई नजिकै तीनदिने शिविर सञ्चालन भएपछि राहत मिलेको नेपाल नेत्रज्योति सङ्घका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो ।

    नेपाल नेत्रज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भोजपुर नगरपालिका–१२ मा भएको शिविरमा आँखा परीक्षण, मोतियाबिन्दुको शल्यक्रिया, मासु पलाएको, चश्माको पावर जाँचलगायत सेवा प्रदान गरिएको केन्द्रका प्रमखु विजय तामाङले जानकारी दिनुभयो ।

    पहाडी जिल्लाहरुमा सञ्चालन गरिने शिविरमा आँखा अस्पताल विराटनगरले प्राविधिक सहयोग गर्दै आइरहेको छ । आँखा समस्या समाधानका लागि ठूला सहरमा जानुपर्दा बढी खर्च हुने गरेको अवस्थामा आफ्नै स्थानीयस्तरमा सञ्चालन हुने शिविर प्रभावकारी देखिने गरेको  नेत्रज्योति सङ्घका सदस्य धर्मराज राईको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.