सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकको रोजाइमा दुबुङ

  •    न्युजभित्तो/२९ मंसिर २०८२, आईतवार १२:४८ 
  • दमौली (तनहुँ), २८ मङ्सिर । पर्यटनको प्रचुर सम्भावना बोकेको तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङ पर्यटकको रोजाइमा पर्न थालेको छ । प्रचारप्रसार हुन थालेपछि यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

    जिल्लामा धेरै ठाउँ पर्यटन सम्भावनाले भरिएका छन् । पछिल्ला वर्षमा आन्तरिक पर्यटकको ध्यान खिच्न सफल स्थानमध्ये दुबुङ एक तीव्र गतिमा उदाउँदै गएको पर्यटन गन्तव्यको रूपमा स्थापित हुँदैछ । पहाडको काखमा बसेको यो स्थान केबल प्राकृतिक सुन्दरता मात्रै होइन, पहाडी जीवनशैली, कृषि पर्यटन, दृश्यावलोकन र ऐतिहासिक झल्कोले पनि भरिपूर्ण छ ।

    स्थानीय होमबहादुर रानाभाटका अनुसार दुबुङको आकर्षक भौगोलिक बनावट र प्राकृतिक सौन्दर्यलाई योजनाबद्ध रूपमा प्रवर्द्धन गर्नसके पर्यटन विकासमा ठूलो फड्को मार्न सकिनेछ । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा तस्बिर प्रकाशित हुन थालेपछि यहाँको चर्चासँगै पर्यटक पहिल्यैभन्दा बढी आउन थालेका छन् ।”

    स्थानीय इन्द्रबहादुर आलेले दुबुङ प्राकृतिक रूपमा अत्यन्त सुन्दर भएकाले यसको व्यवस्थित प्रचारप्रसारबाट आन्तरिक तथा बाह्य दुवै पर्यटक भित्र्याउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार चियाबगान, दृश्यावलोकन स्थलले पछिल्लो समय दुबुङको आकर्षण थप बढाएको छ ।

    दुबुङस्थित भालथुम्केमा पछिल्लो समय बृहत् चिया बगान विस्तार गरिएको छ । बालबालिकाका लागि उद्यान, वनभोजस्थल, तथा दृश्यावलोकन केन्द्र यहाँका थप आकर्षण हुन् । बाटो कच्ची भएकाले पर्यटकलाई केही असहज भए पनि, शिखरमा पुगेपछि देखिने दृश्य अत्यन्त मनमोहक लाग्ने आन्तरिक पर्यटक ईश्वर बास्तोला बताउनुहुन्छ ।

    सदरमुकाम दमौलीबाट नजिकै रहेको यहाँबाट माछापुच्छ्रे हिमाल, अन्नपूर्ण, धौलागिरिलगायत हिमश्रृङ्खला देख्न सकिन्छ । उहाँले भन्नुभयो, “विभिन्न डाँडा तथा बादलको घुम्टो ओेढेको दृश्यले मन नै मोहित बनाउँछ ।”

    यहाँ बाइसेचौबिसे राज्यका तनुङ्गे, भिरकोटे, दुबुङ्गे राजाको झल्को दिनेगरी कुर्ची बनाइएको छ । यहाँबाट ऋषिङ, ग्वास्लुङ, काहुशिवपुर, मानुङ, छिम्केश्वरी, छिपछिपे, छेरङ्गा, मौरीबास, काँफलडाडा, भिरकोट, थप्रेकको दृश्य अवलोकन गर्न सकिने स्थानीय मधुमाया रानाभाटले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “जिल्लाको दक्षिणी भेग मनमोहक हुँदाहँदै पनि सम्बन्धित निकायको कम प्राथमिकताले विकास हुन सकिरहेको छैन ।” पर्यटन पूर्वाधार तथा प्रचारप्रसारमा ध्यान दिनसके दुबुङ तथा भालथुम्के क्षेत्र समग्र तनहुँकै महत्वपूर्ण भ्यू–प्वाइन्टका रूपमा स्थापित हुने स्थानीयवासीको विश्वास छ ।
    रासस

    दमौली (तनहुँ), २८ मङ्सिर । पर्यटनको प्रचुर सम्भावना बोकेको तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङ पर्यटकको रोजाइमा पर्न थालेको छ । प्रचारप्रसार हुन थालेपछि यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । 
    जिल्लामा धेरै ठाउँ पर्यटन सम्भावनाले भरिएका छन् । पछिल्ला वर्षमा आन्तरिक पर्यटकको ध्यान खिच्न सफल स्थानमध्ये दुबुङ एक तीव्र गतिमा उदाउँदै गएको पर्यटन गन्तव्यको रूपमा स्थापित हुँदैछ । पहाडको काखमा बसेको यो स्थान केबल प्राकृतिक सुन्दरता मात्रै होइन, पहाडी जीवनशैली, कृषि पर्यटन, दृश्यावलोकन र ऐतिहासिक झल्कोले पनि भरिपूर्ण छ ।
    स्थानीय होमबहादुर रानाभाटका अनुसार दुबुङको आकर्षक भौगोलिक बनावट र प्राकृतिक सौन्दर्यलाई योजनाबद्ध रूपमा प्रवर्द्धन गर्नसके पर्यटन विकासमा ठूलो फड्को मार्न सकिनेछ । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा तस्बिर प्रकाशित हुन थालेपछि यहाँको चर्चासँगै पर्यटक पहिल्यैभन्दा बढी आउन थालेका छन् ।” 
    स्थानीय इन्द्रबहादुर आलेले दुबुङ प्राकृतिक रूपमा अत्यन्त सुन्दर भएकाले यसको व्यवस्थित प्रचारप्रसारबाट आन्तरिक तथा बाह्य दुवै पर्यटक भित्र्याउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार चियाबगान, दृश्यावलोकन स्थलले पछिल्लो समय दुबुङको आकर्षण थप बढाएको छ ।
    दुबुङस्थित भालथुम्केमा पछिल्लो समय बृहत् चिया बगान विस्तार गरिएको छ । बालबालिकाका लागि उद्यान, वनभोजस्थल, तथा दृश्यावलोकन केन्द्र यहाँका थप आकर्षण हुन् । बाटो कच्ची भएकाले पर्यटकलाई केही असहज भए पनि, शिखरमा पुगेपछि देखिने दृश्य अत्यन्त मनमोहक लाग्ने आन्तरिक पर्यटक ईश्वर बास्तोला बताउनुहुन्छ ।
    सदरमुकाम दमौलीबाट नजिकै रहेको यहाँबाट माछापुच्छ्रे हिमाल, अन्नपूर्ण, धौलागिरिलगायत हिमश्रृङ्खला देख्न सकिन्छ । उहाँले भन्नुभयो, “विभिन्न डाँडा तथा बादलको घुम्टो ओेढेको दृश्यले मन नै मोहित बनाउँछ ।”
    यहाँ बाइसेचौबिसे राज्यका तनुङ्गे, भिरकोटे, दुबुङ्गे राजाको झल्को दिनेगरी कुर्ची बनाइएको छ । यहाँबाट ऋषिङ, ग्वास्लुङ, काहुशिवपुर, मानुङ, छिम्केश्वरी, छिपछिपे, छेरङ्गा, मौरीबास, काँफलडाडा, भिरकोट, थप्रेकको दृश्य अवलोकन गर्न सकिने स्थानीय मधुमाया रानाभाटले बताउनुभयो । 
    उहाँले भन्नुभयो, “जिल्लाको दक्षिणी भेग मनमोहक हुँदाहँदै पनि सम्बन्धित निकायको कम प्राथमिकताले विकास हुन सकिरहेको छैन ।” पर्यटन पूर्वाधार तथा प्रचारप्रसारमा ध्यान दिनसके दुबुङ तथा भालथुम्के क्षेत्र समग्र तनहुँकै महत्वपूर्ण भ्यू–प्वाइन्टका रूपमा स्थापित हुने स्थानीयवासीको विश्वास छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी

    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.