सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित


  •    न्युजभित्तो/२९ मंसिर २०८२, आईतवार १२:४६ 
  • काठमाडौँ, २८ मङ्सिर । थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।

    उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण अल्ट्रा ट्रेल रन प्रतियोगितामध्ये एक मानिन्छ । थाइल्याण्डको उत्तरी पहाडी भूभाग, जङ्गल उकालो–ओरालो तथा कठिन भौगोलिक संरचनालाई समेटेर आयोजना गरिएको उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका व्यावसायिक तथा अनुभवी धावकको सहभागिता थियो ।

    सो कठिन र प्रतिष्ठित एक सय किलोमिटर लामो ट्रेल रनमा जुम्लाकी धावक सनमाया बुढाले चौथो स्थान हासिल गर्न सफल भएकी थिइन् । त्यस्तै, ५० किलोमिटर लामो ट्रेल रनमा सहभागी धावक सनमायाकी बहिनी रनमाया बुढाले सातौँ स्थान हासिल गर्दै नेपाली धावकको क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी थिइन् ।

    उक्त सफलताको कदर गर्दै शनिबार नेपाली राजदूतावास, बैङ्ककमा आयोजित सम्मान कार्यक्रममा धावक सनमायाले जुम्लाको दुर्गम भूगोल, अभावपूर्ण जीवन अवस्था, निरन्तर सङ्घर्ष, कठोर अभ्यास र आत्मविश्वासको यात्राबारे आफ्नो प्रेरणादायी अनुभव सुनाइन् । उनको सङ्घर्षशील यात्राले कार्यक्रममा उपस्थित सबैलाई भावुक र प्रेरित बनाएको थियो ।

    कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख मोतीबहादुर श्रीसले धावकद्वयलाई बधाई दिँदै खादा लगाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो । उहाँले नेपाली खेलाडीको अन्तरराष्ट्रिय सफलताले नेपाललाई विश्वमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै भविष्यमा पनि यस्ता प्रतिभालाई प्रोत्साहन गर्न राजदूतावास सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दूतावासले आयोजना गर्न लागेको लुम्बिनी नेपाल मिनी म्याराथुनका बारेमा समेत प्रकाश पार्नुभएको नेपाली दूतावास बैङ्ककले जनाएको छ ।

    कार्यक्रममा नेपाली राजदूतावासका कर्मचारी, गैरआवासीय नेपाली सङ्घ, थाइ–नेपाली सङ्घ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा शिक्षा, पेसा, व्यवसायमा संलग्न लब्धप्रतिष्ठितको उपस्थिति थियो । कार्यक्रममा सहभागी संस्थाका अध्यक्ष कुमार कार्कीले धावकद्वयलाई प्रोत्साहनस्वरुप रु एक लाख सहयोग प्रदान गर्नुभयो । साथै, कार्यक्रममा उपस्थित अन्य नेपाली तथा गैरआवासीय नेपाली सङ्घका पदाधिकारीले पनि आ–आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.