सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ


  •    न्युजभित्तो/२७ मंसिर २०८२, शुक्रबार १४:१३ 
  • गुल्मी, २६ मङ्सिर । क्याम्पसको शैक्षिक विकासका लागि सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा रु तीन करोडभन्दा बढी नगद सङ्कलन भएको छ । सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्र कल्याण एवं विश्व शान्ति विराट धनधाञ्यचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम सङ्कलन भएको हो । 

    क्याम्पसको दीर्घकालीन शैक्षिक विकासका लागि रु तीन करोडको अक्षय कोष स्थापना गर्ने उद्देश्यले यही मङ्सिर १८ देखि २५ गतेसम्म उक्त महायज्ञ आयोजना गरिएको थियो । एक सातासम्म सञ्चालन भएको महायज्ञबाट नगद रु तीन करोड १५ लाख सङ्कलन भएको आर्थिक समिति संयोजक पारिश्वर ढकालले जानकारी दिनुभयो । त्यसका अतिरिक्त महायज्ञमा ७०० मुरी धान र ३० क्विन्टल चामलसमेत सङ्कलन भएको संयोजक ढकालले बताउनुभयो । 

     महायज्ञमा सबैभन्दा धेरै आर्थिक सहयोग गर्नेमा सत्यवती–५ रघेवा जन्मस्थान भई हाल बेलायत बस्दै आउनुभएका सफल व्यवसायी काशिराम भण्डारी हुनुहुन्छ । उहाँले व्यक्तिगत रुपमा रु १६ लाख ५० हजार महायज्ञमा क्याम्पसका लागि सहयोग गर्नुभएको हो । उहाँले क्याम्पस हाताभित्र निर्माण गरिने सरस्वती मन्दिरका लागि पनि थप रु एक लाख सहयोग गर्ने बताउनुभएको छ । 

     त्यसैगरी, सत्यवती‐८ भार्से हाल हङकङ निवासी कुलबहादुर बूढाथोकीले रु १० लाख एक हजार, बेलायतमा रहनुहुने केशव ज्ञवालीको परिवारले रु १० लाख, स्थानीय लक्ष्मण भण्डारीले रु सात लाख र गोमबहादुर भुसालले रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको महायज्ञका आर्थिक समिति संयोजक ढकालले जानकारी दिनुभयो । 

     विसं २०७० मा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायमा अध्ययन हुँदै आएको छ । उक्त क्याम्पस तत्कालीन सत्यवती माध्यमिक विद्यालय र स्थानीय जनसमुदायकै सहयोगमा स्थापना गरिएको थियो । त्रिभुवन विश्वविद्यालयको अनुदानले मात्र क्याम्पसको आर्थिक व्यवस्थापनमा समस्या भएका कारण महायज्ञ सञ्चालन गर्नुपरेको महायज्ञ मूल समारोह समिति अध्यक्ष पिताम्बर ज्ञवालीले बताउनुभयो । 

    उहाँले महायज्ञको खर्च कटाएर बचत रकमलाई अक्षय कोषमा राखेर त्यसैमार्फत क्याम्पस सञ्चालन खर्च व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।

     महायज्ञमा नेपाल शन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज, स्वामी विवेकानन्द सरस्वती महाराज र आचार्य नारायणप्रसाद गैरेबाट श्रीमद्भागवतीय कथा प्रवचन गरिएको थियो । रासस  

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.