सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’


  •    न्युजभित्तो/२७ मंसिर २०८२, शुक्रबार ११:०१ 
  • फिक्कल (इलाम), २६ मङ्सिर । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ । इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिनुभयो ।

    रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहकार्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुष र महिलातर्पका म्याराथनअन्तर्गत धावकहरु इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) बाट सन्दकपुर डाँडा (३६१० मिटर उचाइ) सम्म ४४।२ किलोमिटर दूरीमा दोडनेछन् ।

    प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीबल, नेपाल प्रहरीसहित देशभरका १०० बढी धावक सहभागी हुनेछन् । प्रतियोगिताका पुरुष र महिलातर्फ छुट्टाछुट्टै पहिलो हुनेले रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले रु ३० हजार प्रदान गरिने आयोजक दीपज्योति युवा क्लबले जनाएको छ ।

    त्यसैगरी, स्थानीय विधातर्फ इलाम, पाँचथर र ताप्लेजुङका धावकका लागिसमेत छुट्टै प्रतियोगिता हुनेछन् । पुरुष र महिलातर्फका पहिलो हुनेले रु २५ हजार, दोस्रो हुनेले रु २० हजार, तेस्रो हुनेले रु १० हजार र चौथो हुनेले रु पाँच हजार पाउने छन् ।

    “जिल्लाको पूर्वाधार विकासँगै पर्यटन प्रवर्द्धन गर्न म्याराथन प्रतियोगिता आयोजना गर्न लागेका हौँ’, क्लबका कार्यक्रम निर्देशक रिमालले भन्नुभयो, “कार्यक्रमले यहाँको पर्यटन विकासमा थप टेवा पु¥याउने विश्वास लिएका छौँ ।”

    लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना हुने ‘रेडपाण्डा म्याराथन’ मा नेपालका राष्ट्रिय तथा अन्तरराष्ट्रिय धावकको समेत सहभागिता रहने रेडपाण्डा नेतवर्कका कार्यक्रम निर्देशक वाङचु भुटियाले जानकारी दिनुभयो ।

    म्याराथन प्रतियोगिताका लागि सन्दकपुर गाउँपालिकाले मार्ग अन्तर्गतको सडक मर्मत सुरु गरेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो । “पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रै पालिकामा म्याराथन प्रतियोगिता हुँदैछ”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसले सन्दकपुर गाउँपालिकाको मात्र नभई समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्नेछ ।”

    सन्दकपुर गाउँपालिका–२ मा पर्ने सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो उचाइ ३६३६ मिटर उचाइमा पर्छ । सन्दकपुर डाँडाबाट सूर्योदयको दृश्यावलोकनसँगै विभिन्न चार वटा देश नेपाल, भारत, भुटान र चीनका हिमालहरु देख्न सकिन्छ । यसअघि रेडपाण्डा दिवसको अवसमा भदौ ५ गते प्रतियोगिता तय गरिए पनि अन्तिम सयमा बर्सातका कारण स्थगित भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.