सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राँगा पाल्ने किसानलाई अनुदान


  •    न्युजभित्तो/२६ मंसिर २०८२, बिहीबार १३:१० 
  • पर्वत, २५ मङ्सिर । विहादी गाउँपालिकाले व्यावसायिक रुपमा राँगापालन गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गर्ने भएको छ । कृत्रिम गर्भाधान सेवा गाउँगाउँमा विस्तार भए पनि किसान आकर्षित हुन नसकेको भन्दै राँगा पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको हो । प्रजननका लागि राँगा पालेका किसानलाई उक्त अनुदान उपलब्ध गराइने भएको हो । 

    ग्रामीण क्षेत्रमा कृत्रिम गर्भाधान सेवा प्रभावकारी नभएको र किसानले कृत्रिम गर्भाधानभन्दा परम्परागत रुपमा राँगाबाटै भैँसीलाई प्राकृतिक गर्भाधान लगाउने भएकाले राँगा पाल्ने किसानलाई पहिलो पटक अनुदान दिन थालिएको गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १५ जना किसानलाई अनुदान दिने कार्यक्रम रहेको छ । 

    राँगापालक किसानलाईप्रति राँगा रु १० हजार प्रोत्साहन रकम अनुदान दिइने भएको छ । किसानहरुको हौसलास्वरुप यस वर्षदेखि रु १० हजारबाट कार्यक्रम अघि बढाउन थालिएको हो । आगामी आर्थिक वर्षदेखि यो रकम थप गर्दै लगिने अध्यक्ष गुरुङको भनाइ छ । 

    गाउँपालिकामा छ वडा रहेका छन् । प्रत्येक वडामा दुईदेखि तीन जनासम्म किसानले भैँसीलाई प्रजनन गराउने उद्देश्यले व्यावसायिक रुपमा राँगा पाल्ने गरेका छन् । किसानले माग गरेको अवस्थामा जुनसुकै स्थानमा वा किसानको घरगोठमै राँगा लगेर सेवा दिने भएकाले उनीहरुलाई प्रोत्साहनको आवश्यकता देखिएको अध्यक्ष गुरुङको भनाइ छ । 

    गाउँपालिकाले लागू गरेको यो कार्यक्रमअन्तर्गत एक वटा प्रजननयोग्य राँगाका लागि प्रति एकलाई रू १० हजार अनुदान उपलब्ध गराइने उल्लेख छ । यसका लागि चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिृकत थमनबहादुर रेश्मीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुदान लिनका लागि राँगा पालकले निवेदन, नागरिकताको प्रतिलिपि र वडाको सिफारिस, फार्म दर्ता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । 

    यसैगरी नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि, राँगा र प्रजननयोग्य राँगाको फोटो, अन्य सङ्घ÷संस्थाबाट यसअघि अनुदान नलिएको घोषणापत्र, अनुदान पाएपछि तीन वर्षसम्म फार्म सञ्चालन गर्ने प्रतिबद्धतापत्रसमेत उल्लेख गर्नुपर्ने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

    गाउँपालिकाले यस कार्यक्रमले स्थानीय किसानलाई राँगा प्रजनन व्यवसायमा प्रोत्साहित गरी पशुपालन व्यवसायलाई दिगो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ । गाउँपालिकाले यसअघि स्थानीय जातका गाई, दूध उत्पादन गर्ने उन्नत जातका गाईभैँसी पाल्ने किसानलाईसमेत अनुदान उपलब्ध गराउँदै आएको छ । कृषि र पशुपालनलाई बढी प्राथमिकतामा राखेको विहादीले यसवर्ष किसानलाई विभिन्न किसिमका रु चार करोडभन्दा बढी अनुदानमूलक कार्यक्रम राखेको प्रमुख रेश्मीले जानकारी दिनुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.