सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान


  •    न्युजभित्तो/२४ मंसिर २०८२, मंगलवार १६:५० 
  • भक्तपुर, २४ मङ्सिर । जनप्रेमी वर्ल्ड स्कुल भक्तपुरले आजदेखि सुरु गरेको जेडब्लुएस खेलकुद सप्ताहमा विभिन्न २० वटा खेलमा एक हजार ८०० विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका छन् । 

    मध्यपुर युथ एसोसिएसन खेल मैदान सानोठिमीमा आजदेखि सुरु भएको प्रतियोगिताको मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभयो । 

    उहाँले मध्यपुरथिमि नगरपालिकामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन भइरहेको बताउँदै नगरपालिकाले शिक्षा र खेलकुदलाई सँगसँगै विकासका रुपमा अगाडि बढाइरहेको बताउनुभयो ।

    खेलकुदको विकासका लागि नगरपालिकाले वार्षिक बजेट विनियोजन गर्दै वडावडामा प्रशिक्षण सञ्चालन गरिरहेको र विद्यालयस्तरीय खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

    कार्यक्रममा जनप्रेमी वल्र्ड स्कुलका प्रिन्सिपल निलेश आचार्यले विद्यालयले हरेक वर्ष खेलकुद सप्ताह मनाउने घोषणा गर्दै विद्यालयस्तरबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने गरी खेलकुदको प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले प्रतियोगितामा विजेता हुने टोलीलाई सिल्ड र उत्कृष्ट खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो ।

    दुई खेलाडीलाई सम्मान 

    नेपालको प्रतिनिधित्व गर्दै हालै इजिप्टमा सम्पन्न विश्व च्याम्पियन कराते प्रतियोगितामा सहभागी दुई खेलाडी एरिका गुरुङ र सानुमाया थिङलाई नगद रु पाँच हजारका दरले पुरस्कार एवं सम्मानपत्र प्रदान गरिएको छ । 

    विद्यालयका अध्यक्ष मनोज आचार्यले नगद एवं नगर प्रमुख श्रेष्ठ र विद्यालयका प्रिन्सिपल आचार्यले सम्मानपत्र प्रदान गर्नुभयो ।

    कार्यक्रममा प्रिन्सिपल आचार्यले खेलाडीद्वय गुरुङ र थिङलाई आगामी वर्ष हुने अन्तरराष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेमा नगद रु ५० हजारका दरले पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मेरो जीत सुनिश्चित भईसकेको छः रेनु दाहाल
    इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु
    ‘मौन अवधि’ के हो रु मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ?
    • ‘अब आश्वासन हैन, खानेपानी, सडक र रोजगार देऊ’
    • ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता
    • रूपाली होलीलाई निरन्तरता दिँदै रूपालवासी
    • होलीमा गुञ्जिरहेका छन् पुरानै गीत

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.