सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन


  •    न्युजभित्तो/२४ मंसिर २०८२, मंगलवार १६:१६ 
  • लिस्बन (पोर्चुगल), २३ मङ्सिर । पोर्चुगलको सामुद्रिक टापु ‘मदेइरा’ मा सञ्चालित दुईदिने घुम्ती शिविरबाट १०० नेपालीले कूटनीतिक सेवा लिएका छन् ।

    लिस्बनस्थित नेपाली दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण ‘कन्सुलर’ सम्बन्धी शिविरमा उपस्थित भई ८१ जनाले जैविक विवरण (बायोमेट्रिक्स) उपलब्ध गराइ राहदानीका लागि अनुरोध गरेका हुन् ।

    शिविरबाट ७५ जनाको राहदानी नवीकरण, दुई जनाको हराएको राहदानी र चार बालबालिकाको नयाँ राहदानी (ई–पासपोर्ट) समेत गरी ८१ जनाको आवेदन सङ्कलन गरिएको नेपाली दूतावासले स्पष्ट गरेको छ ।

    राहदानी आवेदनका अतिरिक्त १५ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित अन्य कागजात प्रमाणीकरण र चार जनाको राहदानी वितरण गरी कूल १०० सेवाग्राही नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले राससलाई जानकारी दिनुभयो । शिविरबाट करिब ११ हजार युरो अर्थात् रु १८ लाख ४० हजार राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

    गत शनिबार र आइतबार सञ्चालित शिविरमा राहदानीको म्याद सकिएका, छ महिनाभन्दा कम भएका, राहदानी क्षति भएका, हराएका र बालबालिकासमेतको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको दूतावासले जनाएको छ । यस्तै, तयारी अवस्थामा रहेका राहदानी वितरण, प्रहरी ‘रिपोर्ट’ सहित अन्य कागजात प्रमाणीकरण तथा अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका ‘कन्सुलर’ सेवा प्रदान गरिएको थियो ।

    दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरी २०० नेपालीलाई सेवा दिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.