सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक


  •    न्युजभित्तो/२४ मंसिर २०८२, मंगलवार १३:२८ 
  • गलकोट (बागलुङ), २३ मङ्सिर । बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा मङ्सिर लागेपछि गतिविधि बढेको छ । विद्यालयस्तरीय साना खेल होस वा यहाँ आयोजना हुने ठूला राशिका खेल हुन् सबै यही मैदानमा हुन्छ । 

    हालै बागलुङ नगरपालिकाको तेस्रो मेयरकप प्रतियागिता यही मैदानमा भयो । तत्कालै बागलुङ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डसम्म यही खेल मैदान आयोजना गर्न थालिएको छ । 

    यसपटक गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका केही खेल यही खेल मैदानमा हुने तयारी छ । तर यसरी उत्साह पूर्णरुपमा प्रतियोगिता आयोजना भइरहेको मैदान भने खेलाडी र दर्शकमैत्री छैन । बर्खामा हिलाम्मे खेलमैदान हिउँदमा धुलाम्मे हुन्छ । न हरियाली छ न व्यवस्थित प्याराफिट । खेलाडी धुलोमै खेल्छन्, दर्शक धुरोमै बसेर हेर्न बाध्य भएका छन् । 

    खेल अगाडि छर्केको पानी क्षणभरमै सुक्ने गरेको छ भने धुलो उडेर खेल प्रभावित हुने गरेको खेलाडीको गुनासो छ । जिल्लाकै ठूलो खेलमैदानका रुपमा रहेको बाङ्गेचौर खेलमैदान पूर्वाधारको अभावका बीच खेल सञ्चालन गर्न बाध्य रहँदै आएको छ । बागलुङ नगरपालिकाले रु तीन लाख ३३ हजार पुरस्कार राशिको तेस्रो मेयरकप मङ्सिर १४ देखि १८ गतेसम्म सम्पन्न भएको थियो । 

    सयौँ दर्शकको बीचमा सञ्चालनमा आएको खेलमा खेलाडीको उत्साह र दर्शकको हौसलामा कमी नभएको मेयरकपमा दर्शकहरु मैदानको भित्ता, रुख र चौतारीमा बसेर  हेर्न बाध्य भएका थिए । लेबल नमिलेको मैदानमा धुलो उडेका कारण खेलाडीलाई खेल खेल्न सास्ती भए पनि सबै कुरा बिर्सेर खेलाडी गोल गर्न मात्रै केन्द्रित हुने मेयर कपको उपाधि चुमेका कप्तान निसान थापा बताउनुहुन्छ । 

    “खेलाडीका लागि समथर हरियाली मैदान भए कति सहज हुन्थ्यो, मैदानमा धुलोको हुँदैन गोल गर्न हाम्रो ध्यान केन्द्रित हुन्छ, तर खेल सकिएपछि धुलोका कारण श्वासप्रश्वासमा समस्या देखिने, आँखा पोल्ने हुन्छ”, थापाले भन्नुभयो, “दर्शक धुलोमै बसेर खेल हेरेका हुन्छन्, दमकलको पानीले धुलो मारे पनि केही छिनमै धुलो उडिहाल्छ, भनेको ठाउँमा बल नजाँदा कतिपय गोल गर्न नसकिएको उदाहरण छ, कम्तीमा मैदान समथर र हरियाली मात्रै भए खेलाडीलाई ठूलो राहत हुन्थ्यो ।” बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना ‘डिपिआर’मै थन्किएको छ । थापाले खेलमैदानमा पानी नहाली खेल्ने हो भने धुलोेले खेलाडी नै नचिनिने अवस्था रहेको सुनाउनुभयो । 

    खेलमैदानमा खानेपानी, शौचालय र पोसाक परिवर्तन गर्ने कोठा छैन । बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बाङ्गेचौर खेलमैदान जिल्लाकै गहना भएको बताउँदै बाङ्गेचौरको स्तरोन्नतिका सपना अझै पूरा गर्न नसकिएको बताउनुभयो । उहाँले खेलमैदान सामुदायिक वनसँग जोडिएकाले पूर्वाधार निर्माण गर्न समस्या भएको बताउनुभयो । यसअघि रङ्गाशाला बनाउन सङ्घीय सरकारबाट आएको रु आठ करोड बजेट रुख काट्न नसक्दा फिर्ता भएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.