सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फु गाउँको गोरेटो बाटो स्तरोन्नति


  •    न्युजभित्तो/२३ मंसिर २०८२, सोमबार १३:१९ 
  • मनाङ, २२ मङ्सिर । गण्डकी प्रदेशको अति विकट मानिएको मनाङको नार्पाभूमि गाउँपालिका । हालसम्म स्थलमार्गका रूपमा सडक नपुगेको नार, फु गाउँमा आउजाउका लागि पैदलमार्ग अर्थात् गोरेटो बाटोको मात्रै प्रयोग हुन्छ । यहाँका गोरेटो बाटो जीर्ण अवस्थामा पुगेपछि स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ ।

    गोरेटो बाटोले मात्रै जोडिएको नार, फु गाउँ आवतजावत सहज बनाउने उद्देश्यले जीर्ण बन्दै गएको गोरेटो बाटोको स्तरोन्नति गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालयको आर्थिक सहयोगमा फु गाउँका गोरेटो बाटो स्तरोन्नति गरिएको जनाइएको छ । यहाँको भूभागमा रहेका उकालो, ओरालो तथा भिरालो बाटोमा यात्रा गर्दा जोखिम हुने भएपछि जीर्ण बन्दै गएका गोरेटो बाटोको स्तरोन्नति गरी सहज बनाइएको हो । 

    नार्पाभूमि–५ स्थित फु गाउँका पैदल हिँड्ने गोरेटो बाटो स्तरोन्नति गरिएको एक्यापले जनाएको छ । गोरेटो बाटो जीर्ण बन्दै जानुका साथै आउजाउमा जोखिम बढेपछि स्तरोन्नतिका निम्ति स्थानीयको मागअनुसार स्तरोन्नति गरिएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उक्त क्षेत्रका रु पाँच लाखको लागतमा गोरेटो बाटो स्तरोन्नति गरी प्रयोगयोग्य र सुरक्षित बनाइएको उहाँले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “कम जनसङ्ख्याको यात्रा तथा बसोबास हुने भएकाले सहजता कायम गर्न आवश्यक छ, यी क्षेत्रमा यात्रा सहज बनाउन गोरेटो बाटो स्तरोन्नति गरिएको छ, यस गोरेटोको स्तरोन्नतिले यहाँका गाउँमा आउने पर्यटक तथा स्थानीयवासीलाई सहज बनाउनेछ ।” समुद्री सतहबाट चार हजार १०० मिटरको उचाइमा अवस्थित फु गाउँभित्रको करिब १७७ मिटर लम्बाइका गोरेटो बाटोमा छपनी ओछ्याउने, पर्खाल लगाउने तथा सिँढी निर्माण गर्ने कार्य गरिएको भुजेलले बताउनुभयो । 

    उकालो–ओरालो धेरै रहेको भौगोलिक अवस्थाका कारण पैदल आवतजावतमा कठिनाइ भोग्दै आएका स्थानीयवासी तथा गाउँ भ्रमणमा आउने पर्यटकको सहज यात्रा सुनिश्चित गर्न स्तरोन्नति कार्य महत्वपूर्ण भएकाले एक्यापको सहयोगमा गोरेटो बाटो स्तरोन्नति गरिएको हो । स्थानीयका अनुसार वर्षायाममा बाटो चिप्लो हुने, ढुङ्गा माटो बग्ने तथा कतिपय स्थानमा जोखिम बढ्ने भएपछि संरक्षण कार्यालयसँग पहल गरिएको थियो । 

    उक्त मागलाई प्राथमिकताका साथ एक्यापले आवश्यक बजेट उपलब्ध गराएपछि निर्माण कार्य गरिएको हो । गोरेटो बाटो स्तरोन्नतिसँगै गाउँभित्रका दैनिक क्रियाकलाप, सामान ढुवानी तथा बालबालिकालाई विद्यालय आउजाउमा सहज हुने अपेक्षा गरिएको छ । 

    पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको मनाङका पदमार्गको मर्मत–सम्भारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायी पेम्बा धोर्जे लामाले बताउनुभयो । उहाँले व्यवस्थित पदमार्ग तथा आधारभूत पूर्वाधार निर्माणले पर्यटकको बसाइ अवधि लम्बिने र गाउँ आर्थिक रूपमा सबल बन्न सहयोग पुग्ने बताउनुभयो ।

    गोरेटो बाटो स्तरोन्नतिले फु गाउँको समग्र विकासमा नयाँ ऊर्जा थपेको भन्दै स्थानीयमा हर्षित भएका छन् । एक्यापको निरन्तर सहयोगले गाउँका अन्य आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान पुग्ने विश्वास लिइएको छ । सडकसमेत नभएको यस स्थानको गोरेटो बाटो स्तरोन्नति भएपछि यात्रामा सहज बन्दै आएको छ । तीनै तहको सरकारले ध्यान दिनसके यस विकट क्षेत्रका स्थानीयको यात्रा तथा धेरै दिन लगाएर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटाउने प्रयास गर्नुपर्ने देखिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.