सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो


  •    न्युजभित्तो/२२ मंसिर २०८२, आईतवार १६:१७ 
  • धरान (सुनसरी), २१ मङ्सिर । बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष पाँच हजार ३९२ मेट्रिकटन धान उत्पादनमा कमी आएको हो ।

    गत वर्ष जिल्लामा दुई लाख १७ हजार ६८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष दुई लाख ११ हजार ६७६ मेट्रिकटन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । गत कात्तिक १३ र १४ गते परेको अविरल बेमौसमी वर्षाले करिब १४ हजार हेक्टर क्षेत्रफल धानबालीमा क्षति पुगेपछि उत्पादनमा गिरावट आएको उहाँको भनाइ छ ।

    सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, “सुरुमा पानी नपरेर रोपाइँ ढिला भए पनि त्यसपछि अनुकूल मौसमका कारण उत्पादन वृद्धि हुने अपेक्षा थियो । यो वर्ष रोगकिराको सङ्क्रमण न्यून देखिएको थियो, तर कात्तिकको बेमौसमी वर्षाले धान बाट्ने समयमा क्षति पु¥याउँदा उत्पादन घट्यो ।” 

    उहाँका अनुसार यहाँका अधिकांश किसानले राधा, बारतरहरा, सावित्री, सुनौलो सुगन्ध, लोकतन्त्र, कालो पोके, लोकनाथ, राम र बास्मती जातका धानखेती गर्दछन् । सुनसरीको बराहक्षेत्र, रामधुनी, कोशी, इनरुवा, देवानगञ्ज, बर्जु र दुहबी क्षेत्रहरू प्रमुख धान उत्पादन क्षेत्रका रूपमा रहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मेरो जीत सुनिश्चित भईसकेको छः रेनु दाहाल
    इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु
    ‘मौन अवधि’ के हो रु मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ?
    • ‘अब आश्वासन हैन, खानेपानी, सडक र रोजगार देऊ’
    • ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता
    • रूपाली होलीलाई निरन्तरता दिँदै रूपालवासी
    • होलीमा गुञ्जिरहेका छन् पुरानै गीत

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.