सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन


  •    न्युजभित्तो/२२ मंसिर २०८२, आईतवार १६:१२ 
  • बनियानी (झापा), २१ मङ्सिर । जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

    केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धानखेतीको क्षेत्रफलसँगै उत्पादन घटेको बताउँदै उत्पादकत्व भने केही बढेको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष ७५ हजार ४५९ दशमलव १८ हेक्टर क्षत्रफलमा तीन लाख ८२ हजार ८११ दशमलव ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व पाँच दशमलव शून्य ७३ रहेको थियो । 

    बेमौसमी तथा अनियमित वर्षाका कारण धानखेतीको क्षेत्रफल गत वर्षको तुलनामा यो वर्ष दुई हजार ७१६ दशमलव ५३ हेक्टर घटेको प्रमुख विष्टले बताउँदै उत्पादकत्व बढेर पाँच दशमलव १९५ पुगेको जानकारी दिनुभयो ।

    गत असोज र कात्तिकमा भएको बेमौसमी वर्षाका कारण जिल्लामा २३ हजार ५६४ दशमलव ३३ मेट्रिकटन धानमा क्षति पुगेको कार्यालयले जनाएको छ । उक्त क्षतिबाट अनुमानित रु ७८ करोड ११ लाख ५६ हजार बराबरको क्षति भएको छ ।

    किसानले समर्थन मूल्य पाएनन्

    बेमौसमी वर्षाका कारण खेतीमा ठूलो क्षति व्यहोरेका किसान यतिबेला मूल्य नपाएर समस्यामा परेका छन् । सरकारले गत साउनमा बर्खे धानको न्यूनतम समर्थन मूल्य बढाएको थियो । मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ । 

    केही वर्षअघिसम्म किसानले धान भित्र्याउन सुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या रहेकामा पछिल्ला केही वर्षदेखि सरकारले मूल्य तोक्न थालेको छ ।

    सरकारले समयमा धानको समर्थन मूल्य तोके पनि किसानले मूल्य नपाउने समस्या भने जस्ताकोतस्तै रहेको किसानको गुनासो छ । झापामा हाल किसानले मध्यम धान प्रतिक्विन्टल रु तीन हजार र मोटा धान रु दुई हजार ७५० मा बिक्री गरिरहेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले भन्नुभयो, “किसानले सरकारले तोकेको मूल्य पाउन सकेका छैनन्, किसानको गुनासो आइरहेको छ ।”

    भद्रपुरका किसान महरसिंह राजवंशीले अहिले प्रतिमन ९४० केजी० धान रु एक हजार २०० मा किनबेच भइरहेको जानकारी दिनुभयो । “धानको भाउ छैन”, उहाँले भन्नुभयो, “१२ सयमा कसरी बेच्नु ?”

    ‘धानको मूल्य बढ्छ’

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले हाल किसानले धानको समर्थन मूल्य नपाएको स्वीकार्नुभयो । “अहिले प्रतिक्विन्टल रु तीन हजार १०० मा मध्यम धान बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “अब मूल्य समायोजन गरी बढ्ने छ ।” सुरुसुरुमा धानमा चिस्यान बढी हुने भएकाले मूल्य कम भएको हुनसक्ने बताउँदै उहाँले धानको गुणस्तर राम्रो भएकाले मूल्य बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    धान खरिदका लागि तीन सहकारी सूचीकृत

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ झापाले धान खरिदका लागि सहकारी संस्थालाई सूचीकृत हुन आह्वान गरेपछि तीन सहकारी सूचीकृत भएका छन् । जिल्लामा कृषि सहकारी, कृषि समूह धेरै भए पनि तीन वटा मात्र सहकारी सूचीकृत भएका हुन् ।

    सरकारले तोकेको मूल्यमा किसानको धान सहकारीले खरिद गरेर किसानको खातामा रकम जम्मा गरेमा व्यवस्थापन खर्चबापत प्रतिक्विन्टल रु ११२ अनुदान दिने व्यवस्था रहेको एकाइका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

    अधिकांश रञ्जित र सर्ना धानखेती

    हाल बजारमा चामलमा ‘जिरा मसिनो’ ब्रान्ड जस्तै भए पनि किसानले नेपालमा यस्तो धानखेती कम मात्र गर्ने प्रमुख सुवेदीले बताउनुभयो । नेपालमा उत्पादित बहुगुणी–२, तरहरा–१, सानो मन्सुली सव–१ लगायत धान ‘जिरा मसिनो’ ब्रान्डमै जाने उहाँको भनाइ छ । झापा, मोरङ, सुनसरीलगायत पूर्वी क्षेत्रका अधिकांश किसानले रञ्जित र सर्ना धानखेती गर्ने गरेका उहाँले जानकारी दिनुभयो ।

    “किसानलाई ब्राण्ड चलेको धानको खेती गर्न प्रोत्साहन गर्ने कोसिस गरिरहेका छौँ”, सुवेदीले भन्नुभयो, “तर, किसान रञ्जित र सर्ना धानप्रति बढी आकर्षित छन् ।” उत्पादनका हिसाबले रञ्जित र सर्ना धानभन्दा बहुगुणी–२, तरहरा–१, सानो मन्सुली सव–१ धान बढी फल्ने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.