सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’


  •    न्युजभित्तो/२२ मंसिर २०८२, आईतवार १४:५१ 
  • काठमाडौँ, २१ मङ्सिर । नेपालको पर्यटन क्षेत्रमा क्रियाशील महिलाको साझा संस्था ‘टुरिज्म सिस्टरहुड नेपाल एशोसिएसन’ले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन पहल गरेको छ ।

    सन् २०१८ मा स्थापना भएको उक्त एशोसियसनले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता अभिवृद्धि गर्दै दिगो र जिम्मेवार पर्यटन निर्माण गर्ने काम गर्दै आइरहेको छ । एशोसियसनको सातौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एशोसियसनकी अध्यक्ष जुनु मलेखुले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन एशोसियसनले स्थापनाकालदेखि नै काम गर्दै आइरहेको बताउनुभयो ।

    “पर्यटन क्षेत्रमा लागेका महिलालाई जिम्मेवार बनाउँदै उनीहरुको क्षमता अभिवृद्धि गरी दिगो र जिम्मेवार  पर्यटन निर्माणका क्षेत्रमा एशोसियसन लागेको छ”, उहाँले भन्नुभयो । पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त बनाई नेतृत्व विकासमा काम गर्दै आएको उहाँको भनाइ छ ।

    एशोसियसनकी निवर्तमान अध्यक्ष अनुपा बुढाथोकीले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउनका लागि एशोसियसनले महिलालाई निःशुल्क विभिन्न किसिमका तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो । एशोसियसनले पर्यटन क्षेत्रमा अध्ययन गर्दै गरेका गरिब तथा विपन्न विद्यार्थीलाई पढाइमा सहयोगसमेत गर्दै आएको छ ।

    यसबाहेक एशोसियसनले नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा महिला कसरी सुरक्षित रुपमा जान सक्छन् भन्नेबारे विभिन्न समयमा गन्तव्य यात्रासमेत गराउँदै आएको छ । एशोसियसनले गत वर्ष रारामा उक्त भ्रमण गराएको थियो । उक्त भ्रमणको वृत्तचित्र निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसारको कामसमेत अगाडि बढाइएको छ ।

    एशोसियसनले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा ‘वेलनेश टुरिज्म’को विकासका लागि निमी वेलनेश सेन्टरको सहकार्यमा एक घण्टाको ‘साउण्ड हेलिङ’ सेसन सञ्चालन गरेको थियो । सात वर्ष पहिले स्थापना भएको उक्त एशोसियशनमा हाल पर्यटन क्षेत्रमा क्रियाशिल झण्डै १०० महिला आबद्ध हुनुहुन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.