सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा दूध उत्पादनमा वृद्धि


  •    न्युजभित्तो/२० मंसिर २०८२, शुक्रबार १३:३३ 
  • दमौली (तनहुँ), १९ मङ्सिर । पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाका स्थानीय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले अनुदानको कार्यक्रम ल्याएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका छन् । त्यसकारण जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ७४ हजार ७५५ मेट्रिकटन दूध उत्पादन भएको कार्यालय प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७३ हजार ५७२ मेट्रिकटन दूध उत्पादन भएको थियो । उहाँका अनुसार एक हजार १८२ मेट्रिकटन दूध उत्पादनमा वृद्धि भएको छ । 

    जिल्लाभर १३ हजार ९९२ दुधालु गाई, २१ हजार ५०३ दुधालु भैँसीको सङ्ख्या रहेको कार्यालयले जनाएको छ । दुधालु गाईको सङ्ख्या ३०४ र भैँसीको सङ्ख्या २६१ ले वृद्धि भएको छ । 

    यस्तै जिल्लामा ऊन उत्पादनसमेत वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा २८९ किलो ऊन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७३ किलो ऊन उत्पादन भएको थियो । जिल्लामा भेडाको सङ्ख्या ७२३ रहेको छ ।

    तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर छ । प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यकता पर्नेमा ११८ दशमलव ५४ लिटर उपलब्धता रहेको अधिकारीले बताउनुभयो । त्यस्तै प्रतिव्यक्ति १४ किलो मासु आवश्यक पर्नेमा १४ दशमलव ४१ किलो उपलब्धता रहेको छ । अण्डा ४८ गोटा आवश्यक पर्नेमा ८३ गोटा उपलब्धता छ । दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशमलव ४१ किलो र अण्डामा ३५ गोटाले बढी छ । माछामा भने तनहुँ आत्मनिर्भर बन्न सकेको छैन । प्रतिव्यक्ति सात किलो माछा आवश्यक पर्नेमा शून्य दशमलव २८ किलो मात्रै उपलब्धता छ । 

    दूधमा अनुदानबापत रु ९७ लाख वितरण

    कार्यालयले दुग्ध उत्पादक कृषकलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो । 

    केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कृषकलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरिएको थियो । अधिकारीले उत्पादनका आधारमा अनुदान दिने नीतिले दुग्ध उत्पादनतर्फ कृषक आकर्षित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुग्ध उत्पादनमा कृषकलाई आकर्षित गराउने उद्देश्यसहित प्रतिलिटर रु तीनका दरले अनुदान वितरण गरेका छौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.