मजदुर दिवसकै दिन माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु
/१८ बैशाख २०७६, बुधबार १७:०३
म्याग्दी । आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदूर दिवस । देशैभरी मजदूरहरूले आफ्नो हक र अधिकारका लागि ¥यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदूरको ज्यान गएको छ ।
मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वाराका ३५ वर्षिय कालुराम थारु रहेका जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । बेनी–दरवाङ सडकखण्ड अन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा सडक माथिबाट ढुङ्गासहित माटोको ढिस्को खसेर पुरिँदा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट गएको प्रहरीको टोली र स्थानीयवासीले स्काभेटरको प्रयोग गरी माटो पन्छाएर शवलाई बाहिर निकालेको प्रहरीले जनाएको छ ।