सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खेल सञ्चालन नहुँदा रङ्गशाला अलपत्र


  •    न्युजभित्तो/१९ मंसिर २०८२, बिहीबार १४:४२ 
  • तुलसीपुर (दाङ), १८ मङ्सिर । दाङको देउखुरीस्थित लमहीमा अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण भए पनि खेल सञ्चालन नहुँदा अलपत्र परेको छ । राष्ट्रियस्तरका ठूला खेल खेलाउन सकिने रङ्गशाला तयार भए पनि पछिल्लो एक वर्षयता एउटा पनि खेल भएका छैनन् ।

    खेल नहुँदा अहिले मैदानमा घाँस उम्रिएको छ भने फोहरले अव्यवस्थित बनेको छ । लमही नगर विकास समितिको रु आठ करोड लगानीमा रङ्गशाला निर्माण भएको हो । अहिले संरक्षणको काम पनि समितिले गरिरहेको छ । 

    “करोडौँ लगानी गरेर रङ्गशाला निर्माण भएको छ”, समितिका इञ्जिनियर तुलसी अर्यालले भन्नुभयोे, “तर खेल नहुँदा घाँस उम्रिनुका साथै फोहरले अव्यवस्थित बनेको छ ।” खेल भएमा जति बेला पनि रङ्गशालामा उम्रिएको घाँस काट्न सकिने जनाउँदै उहाँले अहिले घाँस काटे पुनः उम्रिहाल्ने उल्लेख गर्नुभयो । 

    “घाँस काट्दा खर्च मात्रै हुने हो । खेल नहुने भएपछि घाँस काट्नुको पनि कुनै अथै छैन । राष्ट्रियस्तरका खेल खेलाउन सकिने गरी मैदान तयार भएको छ”, इञ्जिनियर अर्यालले भन्नुभयो “तर, खेल सञ्चालन नहुँदा लगानी र समय खेर गएको छ ।” विगतमा राष्ट्रपति रनिङशिल्ड, मेयर कपलगायत प्रतियोगिता सञ्चालन भए पनि पछिल्ला वर्षमा त्यो पनि नभएको उहाँको भनाइ छ ।

    नेपाल क्रिकेट सङ्घ ९क्यान०ले खेलतालिका बनाएर खेल खेलाएमा सहज हुने इञ्जिनियर अर्यालले धारणा राख्नुभयो । रङ्गशालामा प्याराफिट पनि निर्माण भइसकेका छन् । तीन सय ९० सिट क्षमताको भिइपी प्याराफिट र दुई हजार सिटको दर्शक प्याराफिट निर्माण भइसकेको उहाँले जानकारी दिनुभयो । नगर विकास समितिले उक्त रङ्गशाला क्यानलाई हस्तान्तरण गर्न खोजिरहे पनि हुन सकेको छैन । 

    हाल रङ्गशाला परिसरमा १५ वटा व्यापारिक सटर रहेकाले सोबाट रु एक लाख ५० हजार मासिक आम्दानी हुने गरेको इञ्जिनियर अर्यालले जानकारी दिनुभयो । यसअघि, सोही मैदानमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भएको थियो । रङ्गशाला चार हेक्टर क्षेत्रफलमा फैलिएको छ । 

    रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) का खेल सञ्चालन गर्न सक्ने क्षमताको रहेको क्रिकेट सङ्घ दाङका अध्यक्ष प्रदिप मज्गैयाले बताउनुभयो । सरकारले यो रङ्गशालाको महत्व बुझ्न नसकेको उहाँको गुनासो छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.