सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थायी बसोबासका लागि सङ्घर्ष गर्नेको कथामा आधारित ‘पिआर’


  •    न्युजभित्तो/१९ मंसिर २०८२, बिहीबार १४:२५ 
  • काठमाडौँ, १८ मङ्सिर । अस्ट्रेलियामा स्थायी बसोबासका लागि सङ्घर्ष गर्ने नेपालीको कथामा आधारित मनोरञ्जनात्मक एवं सन्देशमूलक चलचित्र ‘पिआर’ यही मङ्सिर २६ गतेदेखि हेर्न पाइने भएको छ ।

    निर्देशक शोभित बस्नेतले निर्दशन गर्नुभएको सो चलचित्रले सुन्दर भविष्यको सपना बोकेर विदेश जाने नेपालीको सङ्घर्ष, भोगाइ र मेहनतलाई उजागर गर्न सक्दो प्रयास गरेको छ ।

    निर्देशक बस्नेतले भन्नुभयो, “यो चलचित्रको कथाले विदेशमा रहेका नेपालीजनले विदेश पुग्न जति सङ्घर्ष गर्नुपर्छ, त्यहाँ स्थापित हुन् पनि त्यत्तिकै मेहनत गर्नुपर्छ । हामीले यस चलचित्रमा अस्ट्रेलियाको कथा समावेश गरेका छौँ, अन्य देशमा जानेको पनि हालत यस्तै हो, यसले बिदेशिने सबैलाई समेट्छ, समग्रमा कथावस्तु राम्रो र सन्देशमूलक छ ।”

    चलचित्रकी अभिनेत्री विनिता कार्कीले आफूले विद्यार्थीका रुपमा अस्ट्रेलियामा भोगेको समस्यालाई चलचित्रको कथामा पाएको बताउनुभयो । “मैले विद्यार्थीका रुपमा जे भोगेँ वा सङ्घर्ष गरेँ, त्यही कथावस्तुलाई नै चलचित्रमा देखाइएको छ । यो अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको कथा लागेता पनि हरेक देश पुग्ने कै व्यथा यस्तै छ”, अभिनेत्री कार्कीले स्पष्ट गर्नुभयो ।

    चलचित्रमा अभिनेत्री कार्कीसँगै सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायल, नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी नेपाल, दिक्पाल कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्र मङ्सिर २६ गतेदेखि नेपालसँगै अस्ट्रेलियामा प्रदर्शन हुने निर्देशक बस्नेतले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.