सोनाम ल्होछारमा वागमति प्रदेशमा माघ १० गते सार्वजनिक बिदा
न्युजभित्तो/५ माघ २०७६, आईतवार २०:५८
हेटौँडा । तामाङ समुदायको सबैभन्दा ठूलो पर्व सोनाम ल्होछारका अवसरमा वागमति प्रदेशले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो निर्णयसँगै यहाँका बौद्धमार्गी तामाङ समुदाय उत्साहित भएका छन् । प्रदेश सरकारले ल्होछारका अवसरमा आगामी १० गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।
यसैबीच ल्होछारका अवसरमा हेटौँडामा ल्होछार महोत्सवसमेत हुने भएको छ । फाग–ल्हो (बँदेल वर्ग) लाई बिदाइ गरी जिवा–ल्हो (मुसा वर्ग)लाई स्वागत गर्दै मनाउन लागिएको सोनाम ल्होछार २८५६ का अवसरमा यही माघ १० र ११ गते महोत्सव आयोजना गर्न लागिएको हो । प्रदेशका तामाङ जातजातिका गुठी, गुम्बा, तामाङ घेदुङ, ह्याङ्ला तामाङ समाजलगायत विभिन्न सङ्घसंस्थाको आयोजनामा दोस्रो सोनाम ल्होछार महोत्सव २८५६ आयोजना गर्न लागिएको ल्होछार महोत्सव मूल समारोह समितिका संयोजक आत्माराम मोक्तानले जानकारी दिनुभयो ।
महोत्सवमा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति ‘खुला सेलो नृत्य प्रतियोगिता’, ‘विभिन्न खेल’, महिला झाँक्रीको विशेष प्रस्तुति, पूजापाठ तथा तामाङ संस्कृति झल्कने विभिन्न प्रस्तुति एवं जातीय परिकार र सामग्रीका व्यापारिक कक्षसमेत रहने प्रचारप्रसार संयोजकसमेत रहनुभएका पत्रकार दिलबहादुर लामाले जानकारी दिनुभयो । महोत्सवका अवसरमा तान्बा बोन्पो, लामा झाँकी, विभिन्न वेषभूषासहितका सहभागीको र्यालीले हेटौँडा बजार परिक्रमा गर्ने नेपाल तामाङ युवा घेदुङका जिल्ला अध्यक्ष सुनिल लोप्चनले जानकारी दिनुभयो ।
वाग्मती सरकारले ल्होछारका अवसरमा माघ १० गते सार्वजनिक बिदा दिने निर्णयसमेत गरेका कारण महोत्सव भव्य हुने आयोजकले जनाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी तोकिएपछि बसेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ल्होछारका अवसरमा माघ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।