सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवसायिक हकहितको प्रतिबद्धता सहित उवासंघ चितवनको अध्यक्षमा सुवेदीको उम्मेदवारी


  •    न्युजभित्तो/१९ मंसिर २०८२, बिहीबार ११:०४ 
  • चितवन, १८ मंसिर । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी पुसको २१ गते हुने अधिवेशनमा उहाँले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

    सुवेदीले विसं २०६० देखि २०८२ सम्म संघका विभिन्न तहमा रहेर काम गरिसक्नु भएको छ । कार्यसमिति सदस्यबाट सुरु भएको उवासंघमा उहाँ तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

    सुवेदीले तृतीय उपाध्यक्ष हुँदा वस्तुगत संघ, क्षेत्रीय एवम् कर्पोरेट समन्वय समिति संयोजकको रूपमा माडी र ईच्छाकामनालाई क्षेत्रीय संघको रूपमा स्थापित गर्न नेतृत्व गर्नुभएको थियो । उहाँले प्रथम उपाध्यक्षको कार्यकालमा लेखा तथा वित्तीय योजना समिति संयोजकको जिम्मेवारी सम्हालेर मासिक आम्दानी–खर्चलाई कार्यसमितिबाट अनिवार्य अनुमोदन गर्ने व्यवस्था मिलाउनु भएको थियो । सुवेदीले भन्नुभयो “यो पहल संस्थाको वित्तीय अनुशासन र पारदर्शितामा कोशेढुङ्गा बन्यो ।” माडी र इच्छाकामनालाई क्षेत्रीय संघको रूपमा स्थापित गर्दा दूरदराजका व्यवसायीलाई पनि संघको मूलधारमा जोड्न सहयोग पुगेको भन्दै उहाँले क्षेत्रीय पहुँच विस्तार भएको बताउनुभयो ।

    सुवेदीले चितवनमा होटल व्यवसायी संघ र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ जस्ता महत्त्वपूर्ण संस्थाहरू बीच एकता संयोजनको भूमिका निर्वाह गर्नुभएको थियो । यसले जिल्लाको पर्यटन क्षेत्रलाई एकीकृत र बलियो बनाउन मद्दत पुगेको व्यवसायीहरु बताउँछन् ।

    वरिष्ठ उपाध्यक्षको कार्यकालमा उहाँले व्यवसायीमैत्री वातावरण निर्माण गर्न कर तथा राजश्व समिति संयोजकको भूमिकामा रहेर व्यवसायीहरूलाई परेको कर प्रणालीमा रहेका झन्झटमा सहजिकरण गर्नुभएको थियो । “‘विभिन्न व्यावसायिक संस्थामा छुट सुविधा उपलब्ध गराउन पहल गरें । साथै, वस्तुगत संघ गठनमा सक्रिय भूमिका निर्वाह गर्दै र सुनचाँदी व्यवसायीको आन्दोलनमा संस्थाको तर्फबाट दरिलो साथ दिँदै सदस्यहरूको आवाजलाई सशक्त बनाएँ,” उहाँले भन्नुभयो “ ‘चितवन महोत्सवको हरेक कार्यकालमा मैले महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेको छु । प्रदर्शक व्यवस्थापन, मेला स्थल निर्माण, स्वागत सत्कार, टिकट व्यवस्थापनलगायतका विभिन्न समितिको संयोजक भई चितवन महोत्सवलाई भव्य र सभ्य बनाउन म निरन्तर खटिएँ ।”

    सुवेदी नेपाल रेडक्रस सोसाईटी, नेपाल अर्बुध रोग निवारण संस्था, लायन्स क्लव अफ चितवन, क्यान्सर सेवा समिति, नेपाल नेत्रज्योती संघलगायत विभिन्न सामुदायिक तथा शैक्षिक संस्थाहरूमा संलग्न रहँदै सामाजिक सेवामा पनि सक्रिय रहँदै आउनु भएको छ ।

    सुवेदीले उद्योग वाणिज्य संघ चितवनको अबको नेतृत्व अनुभवी, ऊर्जाशील, सम्पूर्ण व्यवसायीको आशा र भरोसाको केन्द्र बन्नुपर्ने भएकाले आफ्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो । संघलाई अझै गतिशील, हरेक व्यवसायीको पीडामा मल्हम लगाउने र नीतिगत तहमा सशक्त पैरवी गर्ने संस्था बनाउन लागिपर्ने उहाँको प्रतिबद्धता रहेको छ ।

    “चितवनको व्यावसायिक उत्थानका लागि एउटा नयाँ ऊर्जा, परिणाममुखी नेतृत्व र सुदृढ संस्थागत संरचना निर्माण गर्ने पवित्र संकल्पका साथ मेरो उम्मेदवारी रहनेछ,” सुवेदीले भन्नुभयो “यस महत्त्वपूर्ण घडीमा, संस्थाको गरिमालाई उच्च राख्दै चितवनको व्यावसायिक भविष्य सुनिश्चित गर्न मेरो उम्मेदवारीमा सम्पूर्ण उद्योगी–व्यवसायी साथीहरूको अमूल्य मत, सल्लाह र अपार समर्थनको अपेक्षा गर्दछु।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.