सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व


  •    न्युजभित्तो/१८ मंसिर २०८२, बुधबार ११:३९ 
  • वीरगञ्ज (पर्सा), १७ मङ्सिर । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ ।

    कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रु चार अर्ब ५८ करोड, कपडाबाट रु चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ ।

    इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट रु तीन अर्ब सात करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको चार महिनामा वीरगञ्जबाट रु दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.