सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानको धान खरिदमा चुनौती


  •    न्युजभित्तो/१७ मंसिर २०८२, मंगलवार १३:०२ 
  • सिरहा, १६ मङ्सिर । यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा यसवर्ष किसानको धान खरिदमा चुनौती देखिएको छ ।

    सरकारले तोकेको समर्थन मूल्य स्थानीय व्यापारीले किसानलाई दिएको भन्दा बढी भएपछि किसानहरु खाद्य व्यवस्थालाई धान बिक्री गर्न आकर्षित भएका हुन् । तर शाखालाई प्राप्त न्यून कोटाका कारण किसान मारमा पर्ने देखिएको छ ।

    खाद्य कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारका अनुसार, शाखाले यस वर्ष १२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएको छ । गत वर्ष ४० हजार क्विन्टलको कोटा प्राप्त गरेको थियो । विभागबाट न्यून कोटा तोकिएका कारण किसानको धान खरिद गर्न कठिनाइ हुने उहाँको भनाइ छ ।

    गतवर्ष किसानले स्थानीय व्यापारीलाई बढी मूल्य दिएका थिए । त्यसले गर्दा खाद्य कम्पनीमा थोरै मात्र धान बिक्रीका लागि ल्याएका थिए । यसवर्ष भने स्थानीय व्यापारीले सरकारले तोकेको मूल्य भन्दा कम मूल्य दिएको छ । कम्पनीले रु तीन हजार ६२८ प्रति क्विन्टलको समर्थन मूल्य तोकेको छभने व्यापारीले प्रति क्विन्टल रु दुई हजार आठ सयमा मात्र खरिद गरिरहेका छन् ।

    शाखा प्रमुख सुनारले भन्नुभयो, “सीमित कोटाले गर्दा किसानको चाप र धान बिक्रीका लागि भीड नियन्त्रण गर्न जटिल हुने देखिन्छ ।”

    तराईको खाद्यान्न बजार भारतीय बजारबाट प्रभावित हुने भएकाले भारतबाट सस्तोमा धान खरिद गर्न पाउँदा नेपाली किसान सधैँ समस्यामा पर्दै आएका छन् । व्यापारीले सस्तोमा धान खरिद गर्ने नीति अपनाएपछि यहाँका किसान सरकारी समर्थन मूल्यमा बिक्री गर्न खाद्य कम्पनीलाई कुरेर बसेका छन् ।

    सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको प्राथमिक खरिद समितिको बैठकले धानको कोटा बढाउन पहल गर्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.