सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन


  •    न्युजभित्तो/१६ मंसिर २०८२, सोमबार १६:२६ 
  • जुम्ला, १५ मङ्सिर । यहाँको तिला गाउँपालिकाले एकवर्षमा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ ।

    गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८१र८२को आम्दानी तथा खर्च सार्वजनिक गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार गाउँपालिकाले सो आवमा अनुमानित कूल बजेट ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ ल्याएकोमध्ये चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ रु १७ करोड ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

    बजेट खर्चको उक्त आवमा समग्र प्रगति चालुतर्फ रु २९ करोड ४१ लाख १७ हजार अर्थात् ८७ दशमलव ७५ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु १४ करोड ५५ लाख ७९ हजार अर्थात् ८२ दशमलव १ प्रतिशत खर्च भएको छ ।

    जम्मा चालु र पुँजीगत गरी रु ४३ करोड ९७ लाख ६४ हजार अर्थात् ८५ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो । बजेट निकासको आधारमा चालु र पुँजीगत गरी ९७ दशमलव ८३ प्रतिशत खर्च भएको छ ।

    विकास निर्माणदेखी सेवा प्रवाहलाई चुस्त राख्न गाउँपालिकाले हरेक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।

    सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्नोत्तर गरेका थिए ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.