सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुर्गम गाउँ गोप्कामा आभारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन


  •    न्युजभित्तो/१६ मंसिर २०८२, सोमबार १३:०८ 
  • सिमकोट, (हुम्ला), १५ मङ्सिर ।  खार्पुनाथ गाउँपालिका–१ दुर्गम बस्ती गोप्का गाउँका नागरिकलाई स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्नका लागि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । 

       गोप्का गाउँका नागरिकले वर्षौपछि आफ्नै गाउँबाट स्वास्थ्य सेवा सहज पाउनुका साथै उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । विगतका दिनमा गाउँमा स्वास्थ्य संस्था नहुँदा एक घण्टाको पैदल हिँडेर लाली स्वास्थ्य चौकीमा उपचारका लागि जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय प्रकाश विष्टले बताउनुभयो । 

    सामान्य बिरामी हुँदा पनि गाउँका ज्येष्ठ नागरिकदेखि बालबालिकालाई पिठ्यूमा बोकेर एक घण्टाको पैदल हिँडेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य भएको विष्टको भनाइ छ । अहिले गाउँमै सहज सेवा पाएको उहाँले बताउनुभयो । 

     यस्तै अर्का स्थानीय महिला जुनकुरा बोहराका अनुसार महिला बालबालिकालाई उपचार गर्न जाँदादेखि औषधि लिन जानुपर्ने कठिनाइ थियो । अहिले गाउँमै राम्रो सुविधा सम्पन्न भवन बन्नुका साथै स्वास्थ्यकर्मी भर्खरै सञ्चालनमा आएको आधारभूत केन्द्रमा खटिएपछि सहज सेवा लिन पाएको बोहराले बताउनुभयो । 

       आइतबार गाउँकै ७९ वर्षीया वृद्ध केरसिंह बुढाको उपचारसँगै अ‍ौपचारिक रुपमा गोप्का आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । वृद्ध बुढासँगै गोप्का गाउँका अन्य नागरिकले आफ्नो गाउँबाट पहिलो पटक स्वास्थ्य सेवा लिएका छन् । २०० घरधुरीले अब आफ्नै गाउँबाट स्वास्थ्य सेवा पाउने भएका छन् । 

    गोप्का आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह, वडा–१ का वडाध्यक्ष जयबहादुर शाही, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक शाही, स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाही, गाउँका जेष्ठ नागरिकलगायत स्थानीयको सहभागिता रहेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.