सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै


  •    न्युजभित्तो/१६ मंसिर २०८२, सोमबार १२:०९ 
  • तुलसीपुर (दाङ), १५ मङ्सिर । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न थालेका छन् । अहिले सरसफाइ प्रशोधन गर्ने उद्योगले संरचना निर्माण थालेको छ ।

    स्मार्ट मल्टिकन्सेप्ट ग्रुप प्रालिले फोहर सङ्कलन, प्रशोधन गरेर प्लास्टिकजन्य वस्तु निर्माणका लागि कच्चापदार्थ तयार गर्नेछ । सञ्चालक रवीन्द्र विक्रम केसीका अनुसार बजारमा अहिले फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले उक्त उद्योग स्थापना गर्न लागिएको हो ।

    त्यस्तै सोही उद्योगले कृषिजन्य वस्तु खरिद गर्ने, प्रशोधन गरेर बजारीकरण गर्नेसमेत योजना बनाएको उहाँले बताउनुभयो । अहिलेको युवा जनशक्तिलाई स्वदेशमै रोक्नुका साथै कृषि क्षेत्रमा देखिएको बजारीकरणको समस्यालाई रोक्नका लागि यस्तो कार्य गरिएको उहाँको भनाइ थियो ।

    त्यस्तै उहाँले तुलसीपुरमा अग्नि नियन्त्रणका लागि फायर फाइटरको ‘रिफुलिङ’समेत गर्नेगरी तयारी गरेको बताउनुभयो । “हामीले गर्न खोजेको सामाजिक अभियान हो”, उहाँले भन्नुभयो, “यहाँको फोहर प्रशोधन गरेर रबर उद्योग, कृषिको बजारीकरण र अग्नि नियन्त्रण कार्यमा हाम्रो भूमिका रहनेछ ।” करिब रु ३३ लाखको लागतमा उक्त संरचना निर्माण गर्न लागेको उहाँको भनाइ छ ।

    तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सोही उद्योग ग्राममा आफै संरचना बनाएर व्यवसाय सञ्चालन गर्न चाहेमा पाँच वर्षको कर छुट गर्नेसमेत बताउनुभयो । उपमहानगरपालिकाले संरचना बनाएमा भने न्यूनतम कर तिर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

    साथै उद्योग ग्रामको सुरक्षाका लागि आवाससहित नगर प्रहरीको समेत व्यवस्था गर्ने उहाँले बताउनुभयो । ग्वारखोलाको किनारमा उक्त उद्योग ग्राम निर्माण हुन लागेको हो । जहाँ एक सय तीन जनाले अतिक्रमण गरेर घर टहरा बनाएका थिए । ती घर टहरा बनाएकालाई प्रति घरलाई डेढ कठ्ठा दिएर उद्योग ग्रामका लागि जग्गा छुट्याइएको थियो । हाल १३ बिगाहा जग्गामा उद्योगग्राम निर्माण गर्न थालिएको छ ।

    केही समयअघि उद्योगग्रामस्थलमा पर्खालसमेत लगाइएको छ । सोही उद्योगग्राम क्षेत्रमा संरचना निर्माणका लागि उपमहानगरपालिकाले रु ५० लाख बजेटसमेत छुट्याइएको छ । औद्योगिक ग्राम निर्माण भएमा व्यवसायीलाई निकै सहज हुने ग्रिल व्यवसायी ओमबहादुर वलीले बताउनुभयो । अहिले बजारमा हुँदा निकै समस्या हुने गरेकोसमेत उहाँको भनाइ छ । साथै छापाखाना व्यवसायी शालिकराम बस्नेतले पनि उद्योगग्राम निर्माण भएमा आफूहरूलाई भाडा पनि सस्तो हुने र सहज पनि हुने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.