सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात


  •    न्युजभित्तो/१६ मंसिर २०८२, सोमबार १२:०२ 
  • बनियानी, १५ मङ्सिर । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म रु १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।

    गत आवको सोही अवधिको तुलनमा आयातमा १२।१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४।१२ प्रतिशतले घटेको छ । चालु आवको चार महिनामा रु ८ अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा रु ८ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामान निर्यात भएको थियो ।

    चार महिनाको अवधिमा कार्यालयले आयात र निर्यातबाट रु ५ अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । आयातबाट रू पाँच अर्ब ३३ करोड ६७ लाख ३८ हजार र निर्यातबाट रू १२ करोड ३४ लाख ६० हजार राजस्व सङ¬्कलन गरेको हो । राजस्व असुलीमा भने १५.६६ प्रतिशत अर्थात ७३ करोड ९४ लाख ७५ हजार वृद्धि भएको छ ।

    काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैँची, भेनियर सिट, कुकुर वा बिरालोको खाना, अदुवारसुठो, काउली, बन्दाकोभी र ब्रोकाउली र मुसुरो दालको निर्यात वृद्धि भएको छ, भने चिया, प्लाइउड, अम्रिसो र फलामे पाताको निर्यातमा कमी आएको छ ।

    अलैँची निर्यात दोब्बर बढीले वृद्धि भएको छ । रु ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजारको अलैँची निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा १०९.२ प्रतिशत अर्थात् रु २ अर्ब ७ करोड ४१ लाख ३२ लाखले बढी हो । चिया निर्यातमा भने झण्डै एक तिहाइ गिरावट आएको छ । चालु आर्थिक वर्षको चार महिनामा रु १ अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३७ प्रतिशतले कमी हो ।

    प्लाइउड निर्यातमा ५२।७ प्रतिशतले कमी आएको छ । गत आवको कात्तिक मसान्तसम्ममा रु १ अर्ब २५ करोड ७२ लाख ५९ हजार बराबरको प्लाइउड निर्यात भएकामा चालु आवको सोही अवधिमा रु ५९ करोड ५० लाख १८ हजारको मात्र निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा रु ६६ करोड २२ लाख ४१ हजारले कमी हो ।

    यता, भेनियर सिटको निर्यात १३५.८ प्रतिशत वृद्धि भएको छ । गत आवमा रु १६ करोड ४५ लाख १२ हजारको निर्यात भएकोमा चालु आवमा रु ३८ करोड ६२ लाख ६८ हजारको निर्यात भएको छ । जुत अघिल्लो आवको तुलनामा रु २२ करोड १७ लाख ६८ हजारले बढी हो ।

    कुकुर र बिरालोको खाना निर्यातमा ३३ प्रतिशत वृद्धि भएको छ । चालु आवको चार महिनामा रु ३७ करोड ९९ लाख १२ हजारको कुकुर र बिरालोको खाना निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

    अम्रिसो निर्यातमा २३.९ प्रतिशतले गिरावट आएको छ । रु २६ करोड २५ लाख ६३ हजार बराबरको अम्रिसो निर्यात भएको छ । अदुवारसुठो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको छ । रु २४ करोड २४ लाख १६ हजार बराबरको अदुवारसुठो निर्यात भएको छ । काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भने ३६।१ प्रतिशतले वृद्धि भएको छ । चालु आवमा रु ११ करोड ३१ लाख ९१ हजार बराबरको काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    उता, मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ । ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको कार्यालयले जनाएको छ । रु ९ करोड १२ लाख ८७ हजार बराबरको मुसुरो दाल यो नाकबाट निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा रु १ करोड ५७ लाख १३ हजार बराबरको मुसुरो दाल निर्यात भएको थियो ।

    चालु आवमा रु ३ करोड ७८ लाख ८३ हजार बराबरको मात्र फलामे पाता निर्यात भएको कार्यालयले जनाएको छ । फलामे पाता निर्यात ९७.३ प्रतिशतले गिरावट आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
    स्याउका बोट सेताम्मे
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    • अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
    • पेट्रोलियम पदार्थको मूल्यवृद्धि
    • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.