सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एसीसी यू–१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै


  •    न्युजभित्तो/१६ मंसिर २०८२, सोमबार ११:४६ 
  • काठमाडौँ, १५ मङ्सिर । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ ।

    युएईको अजमानस्थित करवान मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराएर उपाधि नजिक पुगेको हो । यस्तै युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    यसैबीच फाइनल यात्रा तय गरेसँगै नेपाल र युएई आगामी एसिया कप खेल्न छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनल पुग्ने टोली सिधै एसिया कपका लागि छनोट हुने प्रावधान छ ।

    यस्तै सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने छ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपका लागि छनोट हुने छ । तेस्रो स्थानका लागि आजै मलेसिया र ओमानबीच खेल हुनेछ । एसीसी पुरुष यू–१९ प्रिमियर कपमा १४ टोलीको सहभागिता रहेको थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.