सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक साताको वृद्धिपछि घट्यो सेयर बजार, परिसूचक २६५० भन्दा तल


  •    न्युजभित्तो/१५ मंसिर २०८२, आईतवार १५:३९ 
  • काठमाडौँ, १४ मंसिर । पछिल्लो एक सातादेखि निरन्तर उकालो लागिरहेको सेयर बजारमा आज ‘करेक्सन’ देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक दोहोरो अंकले ओरालो लागेको हो।

    आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबारको तुलनामा ०.९९ प्रतिशतको गिरावट हो।

    बजार घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ। आज कुल ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ । आज ३४२ वटा स्क्रिप ८४ हजार १५६ पटकको कारोबारमा १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

    आजको बजारमा २५७ कम्पनीको कारोबार भएकोमा २११ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

    बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले राम्रो नाफा कमाएका छन्। आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी, निफ्राको ऋणपत्र, स्वस्तिक लघुवित्त, झापा इनर्जी र आत्मनिर्भर लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनएमबि बैंकको डिवेञ्चरमा सर्वाधिक ८.९९ प्रतिशतको गिरावट देखिएको छ ।

    बजारमा आज म्यानुप्यक्चरिङ र म्युचुअल फण्ड बाहेक सबै सूचक घटेका छन् । बैंकिङ लगायत सातवटा सूचकमा एक प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । सबैभन्दा धेरै गिरावट लगानी समूहमा १.४८ प्रतिशतले भयो ।

    कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी जोशी हाइड्रोपावर, ग्रीन भेञ्चर र एनआरएन इन्फ्रास्ट्रक्चरमा पनि लगानीकर्ताको उच्च आकर्षण देखिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.