सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर महोत्सव दुई लाख ७० हजारद्वारा अवलोकन


  •    न्युजभित्तो/५ माघ २०७६, आईतवार १७:४९ 
  • चितवन । माघ ९ गतेसम्म सञ्चालन हुने दशौँ रत्ननगर महोत्सवमा पछिल्लो समय अवलोकनकर्ताको उपस्थिति उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । दुई दिनको झरीपश्चात दिन घमाएका कारण समेत महोत्सव अवलोकनका लागि दर्शकहरुको सङ्ख्या बढेको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले बताउनुभयो ।

    रत्ननगर नगरपालिकाको टिकौली चौरमा आयोजना गरिएको महोत्सवको आइतबारसम्म आइपुग्दा अवलोकन गर्ने दर्शकको सङ्ख्या दुई लाख ७० हजार भन्दा बढी पुगेको रेग्मीले बताउनुभयो । रेग्मीकाअनुसार आइतबार मात्रै २५ हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । सोमबार प्रमोद खरेलको प्रस्तुति रहने कारण महोत्सव अवलोकनका लागि ५० हजार भन्दा बढी दर्शकहरु सहभागी हुने आयोजकको अपेक्षा रहेको छ ।

    सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि समेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले जानकारी दिनुभयो । महोत्सव अन्तर्गत राखिएको जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ । महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर सहित पाँच सय २१ वटा स्टल राखिएको छ ।

    महोत्सवको पाँच लाख दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको मूल संयोजक रेग्मीले बताउनुभयो ।

       चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार

    रत्ननगर महोत्सव अन्तर्गत सम्पन्न भएको चित्रकला तथा मूर्तिकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । महोत्सवअन्तर्गत पुस २९ गते भएको प्रतियोगिताका विजेताहरुलाई आइतबार महोत्सवको दशौँ दिनमा पुरस्कार वितरण गरिएको हो ।

    सो प्रतियोगितामा विजयी भएका प्रतिस्पर्धीहरुलाई रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक राजाराम रेग्मी, संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, उपाध्यक्ष शंकर गिरी, प्रतियोगिता संयोजक कविन घिमिरे, सल्लाहकार योगेश खनालले पुरस्कार प्रदान गर्नुभएको हो । प्रतियोगितामा बछौलीकी प्रियङ्का चौधरी पहिलो, जिरौनाका विश्व श्रेष्ठ दोस्रो, जिरौनाकै कृष्ण लामा तेस्रो तथा पदमपुरकी अञ्जु गुरुङ र सुब्बा चोकका अभिषेक श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका छन् । विजेताहरुलाई नगद, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको कार्यक्रम संयोजक कविन घिमिरेले जानकारी दिनुभयो ।

    टिकौली चौरमा जारी १०औँ रत्ननगर महोत्सवमा आइतबार तृष्णा गुरुङ, सुरेन्द्र भण्डारी, डिबि लोप्चन तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव अन्तर्गत सोमबार प्रमोद खरेलको विशेष प्रस्तुति रहने श्रेष्ठको भनाइ छ । प्रमोदसँगै महोत्सवमा सोमबार अन्डरग्राउण्ड डान्स ग्रुप र स्थानीय कलाकारको प्रस्तुति रहने श्रेष्ठले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पाल्पाबाट दालचिनी भारत निर्यात
    नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    • एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    • आज २५ अर्बको ऋणपत्र जारी हुँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.