सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला हिंसा विरुद्धको १६ दिने अभियानमा ‘चितवन राईनोज’


  •    न्युजभित्तो/१५ मंसिर २०८२, आईतवार १२:१० 
  • चितवन, १४ मंसिर । नेपाल प्रिमियम लिग (एनपिएल) को फ्रेन्चाईज क्लब चितवन राईनोज महिला हिंसा विरुद्धको अभियानमा लागेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानमा राईनोज सहभागी भएको हो ।

    चितवन राईनोजको प्रायोजनमा महिला हिंसा विरुद्धको सन्देशमूलक स्टिकर तयार गरी आजबाट सवारीसाधनहरुमा टाँस्न शुरु गरिएको छ । नारायणगढस्थित पोखरा बसपार्कमा आयोजित शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बसमा स्टिकर टाँसेर अभियानको शुभारम्भ गर्नुभयो ।

    सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, चितवन राईनोजका निर्देशक एवं चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापा सहित यातायात व्यवसायी, सर्वसाधारण, महिला अधिकारकर्मीको उपस्थिति थियो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले महिला हिंसा विरुद्धको अभियानमा सबै आआफ्नो ठाउँबाट लाग्नु पर्ने बताउनुभयो । आफूहरुले अभियानका क्रममा सबै क्षेत्रमा कार्यक्रम गरेर सचेतना ल्याउने काम गरिरहेको उहाँको भनाई छ ।

    सोही अवसरमा चितवन राईनोजका निर्देशक देवकोटाले चितवन राईनोज खेलमा मात्रै नभई समाजका हरेक गतिविधिमा जोडिन चाहेको बताउनुभयो ।

    यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष राम सुवेदीले यातायात व्यवसायी महिला हिंसाका बारेमा सधैं सचेत रहेको बताउनुभयो ।


    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.