सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपराजित रहँदै ‘प्लेअफ’मा पुग्ने लक्ष्य छः विनोद भण्डारी


  •    न्युजभित्तो/१२ मंसिर २०८२, बिहीबार १६:५९ 
  • काठमाडौं, ११ मङ्सिर । सुदूरपश्चिम रोयल्सका खेलाडी विनोद भण्डारीले आफ्नो टिम अपराजित रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा रहेको बताएका छन् ।

    लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै लगातार चौथो जितसहित सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ । आज सम्पन्न खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा रहेको बताए ।

    “सुदूरपश्चिम साविक उपविजेता टोली समेत हो,” उनले भने, “अहिलेलाई हाम्रो लक्ष्य अपराजित रहँदै प्लेअफमा पुग्ने हो । त्यसपछि मात्रै फाइनल र च्याम्पियनका लागि सोच्छौँ ।”

    लुम्बिनीलाई ७ विकेटले हराएको खेलमा विनोदले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे । उनले ‘प्लेयर अफ दी म्याच’ पाए ।

    त्यसैगरी लगातार तेस्रो हार व्यहोरेको लुम्बिनीका कप्तान रोहित पौडेलले बाँकी खेलमा राम्रो गर्दै प्लेअफमा पुग्ने दाबी गरे । उनले भने, “अब हामीले तीन खेल खेल्न बाँकी छ । ती खेलहरूमा जित निकालेर प्लेअफमा पुग्छौँ भन्ने विश्वास छ ।”

    सुदूरपश्चिम लगातार चौथो जित निकालेर ८ अङ्कका साथ शीर्ष स्थानमा छ । चारमध्ये एक खेल मात्रै जितेको लुम्बिनी दुई अङ्कसहित छैटौँ स्थानमा छ । लुम्बिनीले प्लेअफमा पुग्न बाँकी तीन खेल जित्नैपर्ने दबाब छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.