काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाउनका लागि प्रहरीले पक्राउ पूर्जी जारी गर्न माग गर्दै जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेको छ ।
महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउत विरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेको पुष्टि गर्नुभयो । कार्यक्रमको शिलशिलामा भारतको सिक्किम गएकी गायिक राउत आज नेपाल फर्कने बुझेको प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि अभद्र व्यवहार सम्बन्धी कसुरमा उनलाई आजै पक्राउ गर्ने तयारी गरेको प्रहरी स्रोतले बताएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्मको जरिवाना वा दुवै सजायको व्यवस्था छ ।
गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । राउतले विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै फेसबुक लाइभमार्फत विशेषगरी तल्लो तहका प्रहरीमाथि लक्षित गर्दै गाली गरेकी थिइन् । विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएपछि भने राउतको गल्ती देखिएको भन्दै उनको आलोचना भएको थियो । त्यसपछि प्रहरीले राउतलाई पक्रनका लागि प्रक्रिया अगाडि बढाएको थियो ।