सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध


  •    न्युजभित्तो/११ मंसिर २०८२, बुधबार १४:२६ 
  • इन्डोनेसिया, १० मंसिर । इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो र चमेरोको मासु बेच्न र उपभोगमा प्रतिबन्ध लगाइएको शहरका गभर्नरले मङ्गलबार जानकारी दिएका छन्।

    जकार्ताका गभर्नर प्रमोनो अनुङले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भने, “खानाको उद्देश्यका लागि रेबिज सार्ने जनावरहरूको मासु बेच्न नगर प्रशासनले प्रतिबन्ध लगाएको छ। यसका लागि मैले निर्णयमा हस्ताक्षर गरिसकेको छु ।”

    गभर्नरले अनुङले भने, “यो प्रतिबन्ध जीवित जनावर, मासु वा अन्य कच्चा वा प्रशोधित मासुजन्य उत्पादनहरूमा लागू हुनेछ । सम्बन्धित सबै गतिविधिहरू खाद्य उद्देश्यका लागि लक्षित रेबिज सार्ने जनावरहरूको बेचविखन नियन्त्रणका लागि लागु गर्न लागिएको हो ।”

    इन्डोनेसिया कुकुर र बिरालोको मासु बेच्न अनुमति दिने थोरै देशहरू मध्ये एक हो । देशका अन्य स्थानमा पनि मासु बेच्ने अनुमति दिने अभ्यासकोविरूद्ध अभियानले गति लिएको छ । हालका वर्षहरूमा केही सहरले केही जनावरको मासुको बेचबिखनमा स्थानीय प्रतिबन्ध लगाएका छन् ।

    पशु अधिकारकर्मीहरूले जकार्ता प्रतिबन्धलाई पशु अधिकारका लागि सही दिशामा अघि बढ्ने एक कदम प्रगतिको रूपमा प्रशंसा गरेका छन् ।

    एएफपीले देखेको एक पत्रमा प्रमोनोले सोमबार हस्ताक्षर गरेको उक्त नियम लागू हुनुअघि छ महिनाको छुट अवधि प्रदान गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.