सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इन्डोनेसियाको सुमात्रा टापुमा बाढी–पहिरोले १० जनाको मृत्यु


  •    न्युजभित्तो/११ मंसिर २०८२, बुधबार १२:०४ 
  • जर्कार्ता, १० मंसिर । इन्डोनेसियाको सुमात्रा टापुमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोले कम्तीमा १० जनाको मृत्यु भएको छ । अरू छ जना बेपत्ता रहेको बताइएको छ ।

    गत हप्ताको मनसुनी वर्षाले नदीको बाँध भत्काएको प्रहरीले बुधबार एक विज्ञप्तिमा भनेको छ । बुधबारसम्म, उद्धारकर्मीहरूले सबैभन्दा बढी प्रभावित शहर सिबोल्गाबाट कम्तीमा पाँच जनाको शव निकालेका छन् । अरू तीन जना घाइतेलाई अस्पताल पुर्‍याएको विज्ञप्तिमा भनिएको छ ।

    छिमेकी जिल्लामध्ये तपानुलीमा पहिरोले धेरै घरहरू ध्वस्त बनाएको छ । त्यहाँ एकै घरपरिवारका चार जनाको मृत्यु भएको बताइएको छ । बाढीले लगभग २ हजार घर र भवनहरू डुबानमा परेको बताइएको छ ।

    दक्षिण तपानुली जिल्लामा बाढी र पहिरोका कारण एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएका छन् । विज्ञप्तिका अनुसार मन्डेलिङ नताल जिल्लामा एउटा पुल भत्किएको छ, ४७० घरहरू डुबानमा परेको छ । हिलो र माटोको थुप्रोले नियास टापुको मुख्य सडक अवरुद्ध छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.