सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१९ औं वार्षिकोत्सवमा १९ वटा सामाजिक काम गरेर मनायो गरिमा विकास बैंकले वार्षिकोत्सव


  •    न्युजभित्तो/८ मंसिर २०८२, आईतवार १५:११ 
  • चितवन, ७ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव कार्यक्रममा देशका विभिन्न स्थानमा १९ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गरेको छ । बैंकले आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट ६०२ युनिट रगत संकलन भएको हो ।

    बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले १९ औं वार्षिकोत्सवको अवसर पारेर १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरिएको बताउनुभयो । उहाँका अनुसार आज (आईतबार) मात्रै देशका ८ स्थानमा रक्तदान कार्यक्रम गरिएको छ । बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाण्डौको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको वेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम गरेको छ । ती कार्यक्रमबाट ६०२ युनिट रगत संकलन भएको रेग्मीले जानकारी दिनुभयो ।

    यसैगरी देशका विभिन्न १६ स्थानका विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै श्री निस्कोट स्वास्थ्य चौकी म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातीर्थ वृद्धाश्रम समिति चन्द्रागिरी काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको रेग्मीको भनाई छ ।

    त्यसैगरी “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नाराका साथ विकास बैंकले शनिबार गरिमा रोड रेस अन्तर्गत एक हजार भन्दा बढी धावकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने र रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको रेग्मीले बताउनुभयो ।

    यसैबीच आज नारायणगढमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेको शाखा प्रमुख तोया अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १३ जना महिला र ६८ जना पुरुषले रक्तदान गरेका थिए ।

    कार्यक्रमको उद्घाटन सत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले बि.सं. २०६३ सालमा स्याङ्जाबाट तीन जिल्लाको कार्य क्षेत्र र दुई करोड ६४ लाख रुपैयाँको पूँजीबाट गरिमा विकास बैंक शुरु भएको बताउनुभयो । उहाँले १९ औं वर्षमा प्रवेश गर्दै गर्दा देशका ३८ वटा जिल्लामा १२६ वटा शाखा पुगेको र ६ अर्ब दुई करोड रुपैयाँ पूँजी पुगेको बताउनुभयो । बैंकमा एक हजार ५० जना कर्मचारी रहेको भन्दै उहाँले १० लाख सेवाग्राही र ४० हजार ऋणी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “१९ वर्ष अघि सानो रुपमा शुरु भएको बैंक आज यहाँसम्म आईपुगेको छ ।” उहाँले गरिमा विकास बैंक विकास बैंकहरु मध्येको कतिपय सूचकांकमा प्रथम र कतिपयमा दोस्रो स्थानमा रहेको बताउनुभयो ।

    “हाम्रा शुभचिन्तक, शेयरधनी, कर्मचारी, सेवाग्राही र प्रत्यक्ष अप्रत्यक्ष हामीसँग जोडिनु भएका सबैको साझा प्रयास र ठूलो योगदानले बैंकलाई सफल बनाउन पुगेको छ ।” नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले भन्नुभयो । यो इतिहास बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । कर्मचारीहरुको लगनशीलताको पनि उहाँले खुलेर प्रशंसा गर्नुभयो ।

    कार्यक्रममा शुक्रपथ टोल विकास संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठ, बैंकका नारायणगढ क्षेत्रीय प्रमुख कुमार गुरुङ लगायत विभिन्न शाखाका प्रमुख, पत्रकार र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    यसैगरी सत्य साई राष्ट्रिय परिषद् नेपाल चितवनलाई बैंकले आजै वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले परिषद्लाई उक्त डिस्पेन्सर हस्तान्तरण गर्नुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.