सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर–रत्ननगर जोड्ने टिकौली जंगलमा दुई किलोमिटर लामो आकर्षक फ्लाईओभर बन्ने


  •    न्युजभित्तो/८ मंसिर २०८२, आईतवार १४:११ 
  • चितवन, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डमा फागुन दोस्रो साताभित्र स्तरोन्नतिका लागि ठेक्का आह्वान गरिने भएको छ । एसियाली विकास बैंक (एडीबी) को सहुलयितपूर्ण ऋणमा मुख्य सडक ४ लेन र बजार क्षेत्रमा सर्भिसलेनसहित ८ लेन सडक बनाइनेछ । नारायणगढबाट हेटौंडासम्म ७० किलोमिटर सडकखण्डको स्तरोन्नति गर्न लागिएको हो । डिजाइनको काम सकिसकेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए ।

    ‘वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अन्तिम चरणमा छ,’ उनले भने, ‘निर्माणका लागि तयार पारिएको डिजाइन पनि स्वीकृत हुने चरणमा छ ।’

    उनका अनुसार यही राजमार्गमा पर्ने चितवनको टिकौली जंगलमा भने दुई किमि लामो आकर्षक फ्लाइओभर निर्माण गरिँदै छ । ‘यति लामो फ्लाइओभर पहिलोपटक संरक्षित क्षेत्रभित्र निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘जसले पर्यटकलाई समेत आकर्षित गर्नेछ ।’ उनका अनुसार यसको निर्माणका लागि करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

    जसमा एडीबीले करिब तीन अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने समझदारी भएको उनले बताए । ‘फ्लाइओभर ३–३ लेनको बन्नेछ,’ उनले भने, ‘जसमा दुवैतर्फ १–१ लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने खालको बन्छ, बाँकी ४ लेनमा २–२ लेनमा दुवैतर्फ सवारी ओहरदोहोर गर्नेछन् ।’ जुन पुलमा बसेर आन्तरिक तथा बाह्य पर्यटकले फोटो र भिडियो खिच्न पाउने उनले सुनाए ।

    फ्लाइओभरमा ६७ वटा त पिलर मात्र रहनेछन् । ुफ्लाइओभर माथिबाट सवारीसाधन गुड्नेछन् भने त्यसको तलबाट वन्यजन्तु ओहरदोहोर गर्नेछन्,’ उनले भने, ुवन्यजन्तुको सुरक्षाका लागि नै यस्तो फ्लाइओभर निर्माण गर्न लागिएको हो । टिकौली जंगलमा सवारीसाधनको ठक्करबाट धेरै वन्यजन्तु मर्ने गरेका छन् ।

    उनका अनुसार फागुनभित्र नारायणगढ–हेटौंडा र मुग्लिन–आँबुखैरेनी खण्डमा सडक निर्माण र स्तरोन्नतिका लागि ठेक्का गरिँदै छ । ‘बाराको पथलैयादेखि नारायणगढसम्मको एक सय किमि सडकको डिजाइनको काम भइसकेको छ,’ उनले भने, ‘पहिलो लटमा नारायणगढ–हेटौंडा र मुग्लिन–आँबुखैरेनी खण्डमा काम गर्न लागिएको हो ।’

    आँबुखैरेनी र नारायणगढ–हेटौंडा खण्डको काम गर्न ५३ अर्ब रुपैयाँ लाग्ने अनुमान आयोजना कार्यालयको छ । फ्लाइओभरका लागि दिने भनिएको तीन अर्बबाहेक अहिलेसम्म सबै एडीबीको सहुलियतपूर्ण ऋणमा बनाउने कुरा रहेको आयोजना प्रमुखले बताए ।

    मुग्लिन–आँबुखैरेनी सडक साढे ८ किमि छ । यसको निर्माण गर्न साढे दुई वर्ष लाग्ने आयोजनाको भनाइ छ । मुग्लिनबाट आँबुखैरेनीतर्फ जाने सडक साँघुरो छ । तर सवारी चाप भने उच्च छ । अत्यधिक सवारी चाप हुने भए पनि उक्त खण्डमा मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस पर्छ । जहाँ साँघुरो सडककै कारण दुर्घटनाको जोखिम उच्च रहेको छ । त्यसैले उक्त सडक खण्डमा वारि र पारि २–२ लेन सडक निर्माण गर्न लागिएको हो । ५ किमि सडक पारिबाट हुनेछ ।

    मुग्लिन बजारमुनि त्रिशूलीमा र मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस कट्नासाथ १–१ वटा पक्की पुल बनाउने गरी डिजाइन गरिएको छ । मर्स्याङ्दी पावर हाउसबाट करिब ४ सय मिटर पर पुल बन्नेछ । त्यसपछि जामुनेसम्म ४ लेन सडक निर्माण गरिनेछ ।

    यता आँबुखैरेनी–जामुने खण्डको काम सकिसकेको र जामुने–पोखरा खण्डको निर्माण प्रगति ६२ प्रतिशत रहेको प्रमुख ढकालले बताए । ‘जामुने–पोखरा खण्डको काम सकिएर हस्तान्तरणको तयारी हुँदै छ,’ उनले भने, ‘पोखरातर्फको खण्डमा भने काम भइरहेको छ ।’ उनका अनुसार विद्युत्, टेलिफोनका पोल, खानेपानी, ढल लगायतका कारण पनि समयमै काम सक्न गाह्रो भएको हो । (ईकान्तिपुरबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.