सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होटल व्यवसायीको तर्फबाट जनक पौडेल उपाध्यक्ष, भट्ट र बराल सदस्य उम्मेदवार


  •    न्युजभित्तो/६ मंसिर २०८२, शुक्रबार १७:३२ 
  • चितवन, ५ मंसिर । होटल व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा उपाध्यक्ष पदका लागि जनक पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । संघको हालै सम्पन्न बैठकले उपाध्यक्षमा पौडेल, वस्तुगत तर्फ कार्यसमिति सदस्यमा कृष्ण भट्ट र उद्योगतर्फबाट कार्यसमिति सदस्यमा इमान्दु बराललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    होटल व्यवसायी संघ चितवनका अध्यक्ष कृष्ण भट्टले संघको तर्फबाट तीन जनालाई उद्योग वाणिज्य संघमा पठाउने सर्वसम्मत निर्णय गरिएको बताउनुभयो । उहाँले तीनै जनालाई विजयी गराउन सम्पूर्ण होटल व्यवसायी लाग्ने पनि बताउनुभयो ।

    उपाध्यक्ष पदका उम्मेदवार जनक पौडेलले आफूलाई उम्मेदवार बनाउने होटल व्यवसायी संघप्रति धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण व्यवसायीलाई सहयोगका लागि आग्रह गर्नुभयो । पौडेलले भन्नुभयो “व्यवसायीको नेतृत्वदायी संस्था उद्योग वाणिज्य संघमा होटल व्यवसायी साथीहरुले मलाई उपाध्यक्षमा पठाउने निर्णय गर्नुभएको छ, म संघमा आवद्ध सम्पूर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।” उहाँले उवासंघ चितवनमा आवद्ध सम्पूर्ण व्यवसायी साथीहरुलाई सहयोगका लागि अपिल समेत गर्नुभएको छ ।

    आफू निरन्तर व्यवसायीहरुको हितमा लागेको भन्दै पौडेलले व्यवसायीका यावत समस्या समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको परिस्थितिमा चितवनका व्यवसायीको धेरै समस्या छन्, तिनलाई मसिनोगरी केलाएर समाधान तर्फ लैजान मेरो उम्मेदवारी हो ।” युवा व्यवसायी पौडेल संघमा निकै चर्चित अनुहार मध्ये एक हुनुहुन्छ । संघमा उपाध्यक्ष पदको उम्मेवारी बारे उहाँको चर्चा निकै अघि बढेको छ ।

    उद्योग वाणिज्य संघ चितवनको आगामी पुस १९–२१ मा नयाँ नेतृत्वको लागि अधिवेशन हुँदैछ । उक्त अधिवेशनमा व्यवसायीहरुबीच नेतृत्वमा को जाने भन्ने बहस शुरु भएको छ । संघको निर्वाचनमा प्रायः सर्वसम्मतभन्दा पनि निर्वाचनबाट नेतृत्व चयन हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.