सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विराट मासिक ज्ञान महायज्ञको प्रचारका लागि मोटरसाइकल र्‍याली सम्पन्न


  •    न्युजभित्तो/४ माघ २०७६, शनिबार १९:३५ 
  • चितवन । आगामी माघ ११ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने विराट मासिक ज्ञान महायज्ञको प्रचार प्रसारका लागि आज वृहत् मोटरसाइकल र्‍याली गरिएको छ । नारायणगढको नारायणी नदी किनारबाट सुरु भएको र्‍यालीले नवलपुरको गैँडाकोट र भरतपुर महानगरपालिकाको अधिकांश स्थान परिक्रमा गरेको थियो ।

    महायज्ञ हुने स्थान नारायणी नदी किनारबाट सुरु भएको र्‍याली लिलाचोक, पुलचोक, नवलपुरको गैँडाकोटको विभिन्न क्षेत्र परिक्रमा गर्दै पुनः पुलचोक चौबिसकोठी हुँदै मेघौली पुगेर नारायणी नदी किनारमा आएर समापन गरिएको महायज्ञ मूल समितिका महासचिव दिलिप न्यौपानेले जानकारी दिनुभएको छ । एक महिनासम्म महामहोत्सवको प्रचार प्रसारसँगै धार्मिक जागरण ल्याउनका लागि वृहत् मोटरसाइकल र्‍याली आयोजना गरिएको न्यौपानेले बताउनुभयो ।

    मोटरसाइकल र्‍यालीमा पाँच सय भन्दा बढी मोटरसाइकल सहभागी रहेका न्यौपानेले जानकारी दिनुभयो । इतिहासमा नै पहिलो पटक हुन लागेको वृहत् कोटिहोम महायज्ञबारे जानकारी गराउँदै महायज्ञमा धेरैभन्दा धेरै श्रद्धालुहरुलाई आमन्त्रण गर्नका लागि मोटरसाइकल र्‍याली गरिएको महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले बताउनुभयो ।

    उहाँका अनुसार नदी किनारमा सञ्चालन हुने १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ २०७६ को तयारीका काम अन्तिम चरणमा पुगेको छ । १०८ कुण्डीय कोटिहोम स्थलमा नौ तले यज्ञ मण्डप निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले मण्डपस्थल बार्ने काम भइरहेको बताउनुभयो ।

    एकैसाथ तीन हजार भन्दा बढी भक्तजनले कथा श्रवण गर्न मिल्नेगरी तीन कठ्ठा जमिनमा मण्डप निर्माण भइरहेको छ । उक्त बिराट मासिक ज्ञान महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महायज्ञमा देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

    चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सव आयोजना गर्न लागिएको हो । नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सव आयोजन गरिएको उल्लेख गर्दै महाराजश्रीले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.