सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर महोत्सवको समयावधि दुई दिन थपियो, माघ ९ सम्म चल्ने


  •    न्युजभित्तो/४ माघ २०७६, शनिबार १८:३५ 
  • चितवन । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी १०औँ रत्ननगर महोत्सवको समयावधि दुई दिन थपिएको छ । निरन्तरको वर्षाका कारण महोत्सव प्रभावित भएपछि समयावधि दुई दिन थप गरिएको हो ।

    रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीकाअनुसार महोत्सव दुई दिन थप गर्दै माघ ९ गतेसम्म सञ्चालन हुनेछ । पुस २५ देखि सुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको भएपनि दर्शकको चाप र प्रदर्शकको आग्रहका कारण महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुने रेग्मीको भनाइ छ ।

    रत्ननगर महोत्सवमा अवलोकनकर्ताको चाप बढ्दै गएका कारण महोत्सवको समयावधि थपिएको उल्लेख गर्दै रत्ननगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले दैनिक ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने गरेका बताउनुभयो । त्यस्तै, रत्ननरको सौराहा चोकमा जारी चिकेन एण्ड एग फुड फेष्टिवलको समय समेत दुई दिन थप गरिएको छ । पुस २९ गतेदेखि माघ ४ गतेसम्म तोकिएको फेष्टिवलको समयावधि माघ ६ गतेसम्म थप गरिएको फेष्टिवलका संयोजक ज्ञानबहादुर बिसुरालले बताउनुभयो ।

    महोत्सवको थप गरिएको अवधिमा जनप्रतिनिधि र महोत्सवको स्टेयरिङ कमिटीबीच डोरी तान्ने तथा पूर्वी चितवन स्तरीय व्याडमिन्टन प्रतियोगिता तथा पत्रकार र महोत्सवको स्टेयरिङ कमिटीबीच कबड्डी प्रतियोगिता गर्न लागिएको खेलकुद व्यवस्थापन समितिका संयोजक दिनेश कट्टेलले जानकारी दिनुभयो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि समेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले जानकारी दिनुभयो ।

    महोत्सवमा जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ । महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसरसहित पाँच सय २१ वटा स्टल राखिएको खनालले बताउनुभयो ।

    महोत्सवको पाँच लाख दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको मूल समितिका संयोजक रेग्मीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.